यस्तो छ डलर पीपीएको निर्देशिका

    2149
    काठमाडौं÷नेपाल विद्युत प्राधिकरणले विदेशी विदेशी परिवत्र्य मुद्रा (अमेरिकी डलर)को लगानीमा निर्माण हुने जलविद्युत आयोजनास“ग  गरिने विद्युत खरिद बिक्री सम्झौता (पीपीए)को निर्देशिका कार्यान्वयनमा ल्याएको छ । निर्देशिकामार्फत डलरमा हुने पिपिएको स्पष्ट निती, भुत्तानीका आधार, विनिमय जोखिम वहन लगायतका विषयलाई स्पष्ट पारिएको छ ।
    निर्देशिकका अनुसार, अवदेखि प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजनास“ग मात्रै डलरमा पीपीए गर्ने छ । यस्तो व्यवस्थाले एक सय मेगावाटसम्मका जलविद्युत आयोजना निर्माण गर्न स्वदेशी लगानीकर्ता र प्रवद्र्धकलाई उत्साहित बनाउने प्राधिकरणको अपेक्षा छ ।
    अधितकम दश वर्ष वा व्यवसायीक विद्युत उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि (पे–व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका लागि मात्रै डलरमा पीपीए हुने छ । उक्त अवधि सकिएपछि बा“की पीपीए अवधिभर सबै रकम नेपाली रुपैया“मा भुत्तानी हुने व्यवस्था गरिएको छ ।
    प्राधिकरणले डलरमा पीपीए हुने नदी प्रवाहमा आधारित (आरओआर)आयोजनाका लागि स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई अहिले दिंदै आएको सुक्खायाम र वर्षायामको क्रमश ः  ८.४० र ४.८० रुपैयाँ प्रति युनिट दर नै दिने छ । जलशायययुक्त र ‘पिपिङ रन अफ रिभर’ आयोजनामा पनि विदेशी लगानी भएमा त्यस्ता आयोजनाका लागि भरखरै तय गरिएको दरको सीमामा रहेर पीपीए गरिने छ ।
    पीपीए दर स्थिर गरिएकाले एकातर्फ आयोजनाको प्रवद्र्धकले तय गरेका अनुमानित लागतको कुनै मतलव हु“दैन भने अर्कोतर्फ लागत बढाएर महंगोमा पिपिए गर्न खोज्ने विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने छ ।
    रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठलाई शुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मलाई वर्षायाम कायम गरिएको छ । तर, कुल वार्षिक ऊर्जाको ३० प्रतिशत शुख्खायाममा नपु¥याएमा शुख्खायाम (पुस–चैत) र वर्षायाम ( वैशाख–मंसिर) कायम गरिने व्यवस्था छ । स्वदेशी लगानीकर्तालाई जस्तै विदेशीलाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मुल्य बृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ ।
    विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूजि (इक्विटी)को अंश २० प्रतिशतभन्दा कम र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ । प्रवद्र्धकको इक्विटीमा प्रतिफल १७ प्रतिशतभन्दा नबढ्ने गरि पिपिए दर तय गरिएको छ ।
    पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई  स्थिर राखिने छ । यसले हरेक दिनको डलरको विनिमयदरमा आउने उतार चडावले भुत्तानीमा कुनै फरक पार्ने छैन ।
    डलरमा पिपिए गरिका आयोजनाबाट उत्पादित विजुलीको विल नेपाली रुपैया“मा  आउने छ । व्यापारिक रूपमा विद्युत् उत्पादन हुन थालेपछि बिल नेपाली रुपैया“मै आउ“छ भने त्यसलाई पीपीए गर्दा स्थिर राखिएको विनिमय दरले गणना गरि डलरमा भुत्तानी दिइने छ ।
    तर, कूल लागतको ८० प्रतिशतमा नबढ्ने गरि डलर ऋण लगानी गरेका एक सय मेगावाटभन्दा ठूला आयोजनाले मात्रै डलरमा भुत्तानी पाउने छन् । बा“की विल नेपाली रुपैया“मा भुत्तानी हुने व्यवस्था गरिएको छ ।
    डलरमा पिपिए गर्दा  विनिमय जोखिम (एक्सेन्स रिक्स) बेहोर्न कोष स्थापना गरिने छ । नेपाली मुद्रा कमजोर बनेर डलरमा बिल भुक्तानी गर्दा प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम कम गर्न ‘हेजिङ फण्ड’ स्थापनाको प्रस्ताव गरिएको हो ।
    नेपाल राष्ट्र बैकले ‘हेजिङ फण्ड’को स्थापना, संचालन र नियमनको ढांचा तयार गर्ने छ । हेजिङ लागत÷प्रिमियम नेपाल सरकार, प्राधिकरण र प्रवद्र्धकले व्यहोर्ने छन् । डलरको सटही दर बढेको अवस्थामा फण्डमार्फत जोखिम व्यहोरिन्छ । यसले गर्दा  सटही जोखिम बिजुली खरिदकर्ता (प्राधिकरण) या लगानीकर्ताले ब्यहोनु पर्दैन ।
    विद्युत खरिदकर्ता र लगानीकर्ता दुवैलाई मारमा पर्न नदिन विभिन्न मुलुकले हेजिङ फण्ड प्रयोगमा ल्याएका छन् । यस अघि डलरमा पिपिए गरिएका आयोजनाको सटही जोखिम प्राधिकरणले व्यहोर्दै आएको छ ।
    विगतमा डलरमा पिपिए गरिएका आयोजना 
    खिम्ती 
    सुरुमा डलरमा पिपिए गरिएको ६० मेगावाटको खिम्ती आयोजनाले सरकारलाई बुझाउनु पर्ने रोयल्टी , भुत्तानी गर्दा लाग्ने बैक शुल्क र वैदेशिक मुद्राको विनिमय जोखिम पुरै प्राधिकरणले व्यहोरिरहेको छ । १ माघ २०५२मा पिपिए भएको आयोजनाको आधार वर्षको खरिद दर अमेरिकी ५.९५ सेन्ट तय गरिएको थियो ।
    उपलब्ध गराईएको ऊर्जाको आधारमा डिमाण्ड चार्ज गणना गरि त्यसका आधारमा भुत्तानी हुने व्यवस्था गरिएको छ । डिमाण्ड चार्जको ९६.७४८६ प्रतिशत डलरमा र ३.२५१४ प्रतिशत नेपाली रुपैया“मा भुक्तानी हुने व्यवस्था छ । डलरको अंश भुक्तनी दिनको विनिमय दरमा र नेपाली अंशकको सिधै नेपाली रुपैया“मा भुक्तानी हुने छ ।
    डलरको अंशका लागि अमेरिकी उपभोत्ता मूल्य सूचीका आधारमा र नेपाली रुपैया“ अ्रशका लागि नेपाल राष्ट्र बैकले निर्धारण उपभोत्ता मूल्य सूचीका आधारमा वार्षिक मूल्यबृद्धि दिने व्यवस्था छ ।
    यो वापत व्यापारिक विद्युत उत्पादन सुरु भएको २० वर्ष पछि खिम्तीको आधार स्वामित्व एक रुपैया“मा प्राधिकरणमा आउने व्यवस्था छ । सन् २०२०मा खिम्तीको आधा स्वामित्व प्राधिकरणामा आउ“दै छ । हाल आयोजनाबाट खरिद गर्ने विद्युतको प्रति युनिट मुल्य ११.५१ रुपैयाँ (रोयल्टी सहित) छ ।
    भोटेकोसी
    ६ साउन २०५३मा भएको भोटेकासीको आधार वर्षको पिपिए दर अमेरिकी ६ सेन्ट्स थियो । भोटेकोसीबाट खरिद हुने विद्युतको भुत्तानी गर्दा बैक शुल्क र वैदेसिक मुद्राको विनियमय जोखिम प्राधिकरणले पुरै व्ययहोर्छ । तर, रोयल्टी भने कम्पनीले नै तिर्छ । आयोजनालाई वार्षिक ०–६ प्रतिशतसम्म मुल्यबृद्धि दिने व्यवस्था गरिएको छ । व्यापारिक उत्पादन सुरु भएको दिनदेखि २५ वर्षसम्म प्राधिकरणले विद्युत खरिद गर्नु पर्ने छ । भाटेकोसीको पीपीए दर अहिले प्रतियुनिट  १०.६७ रुपैयाँ छ ।
    माथिल्लो मस्र्याङदी ए 
    ५० मेगावाटको माथिल्लो मस्र्याङदी एको विद्यत खरिद दर अमेरिकी ५.९९५ सेन्ट प्रति युनिट छ । आयोजनास“ग पिपिए भएको आधार वर्षको १६औ“ वर्षसम्म खरिद दरको ९७ प्रतिशत अमेरिकी डलर र तीन प्रतिशत नेपाली रुपैया“ हुनेछ भने १७औ“ वर्षदेखि ९० प्रतिशत अमेरिकी डलर र दश प्रतिशत नेपाली रुपैया“ हुने व्यवस्था छ ।
    १५पटक सम्म वार्षिक तीन प्रतिशतका दरले चक्रवर्ति बृद्धि दिइने व्यवस्था पिपिएमा गरिएको छ । डलर सटही जोखिम पूरै प्राधिकरणले व्यहोर्ने व्यवस्था छ । आयोजनास“ग पिपिए भएको आधार वर्षको १६औ“ वर्षसम्म खरिद दरको ९७ प्रतिशत अमेरिकी डलर र तीन प्रतिशत नेपाली रुपैया“ हुनेछ भने १७औ“ वर्षदेखि ९० प्रतिशत अमेरिकी डलर र दश प्रतिशत नेपाली रुपैया“ हुने व्यवस्था छ । आयोजनाको पीपीए दर प्रतियुनिट ७.५० रुपैयाँ छ ।
    तल्लो सोलु
    ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाकोे ऋण चुक्ता गर्ने अवधि व्यवसायीयकरुपमा विद्युत उत्पादन सुरु मितिले १० वर्ष (१२०औं महिनां सम्म मासिक बिल रकम मध्ये आंशिक रुपमा विदेशी मुद्रामा र नेपाली मुद्रामा भुक्तानी  हुने गरि पिपिए गरिएको छ ।
    नेपाली रुपैंयामा प्राप्त बिलको यसरी भुक्तानी गर्दा अमेरिकी डलरको तुलनामा नेपाली रुपैंयाको १२ कात्तिक ०७०को नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बिक्री दर ९८.६८ रुपैयाँ प्रति डलरमा स्थिर राखी आंशिक रुपमा विदेशी मुद्रामा र नेपाली मुद्रामा भुक्तानीको व्यवस्था छ ।
    विलमध्ये ४५ प्रतिशत नेपाली रुपैया“मा भुक्तानी हुन्छ भने बा“की ५५ प्रतिशत डलरमा भुत्तानी हुन्छ ।  तल्लो सोलुको वर्षायाममा प्रति यनिट ४.८०रुपैयाँ र सुख्खा याममा प्रति यनिट ८.४० रुपैयाँ पनि पिपिए दर कायम गरिएको छ । ऋण चुक्ता गर्ने अवधि सकिएपछि सम्झौता अवधिसम्म सम्पूर्ण बिल रकम नेपाली रुपैंया“मा भुक्तानी  गरिने छ ।
    ५ वर्षसम्म दिने ३ प्रतिशत साधारण मूल्यवृद्धि पनि नेपाली रुपैया“मै हुने छ । डलर सटही जोखिम लिएबापत पिपिए अवधिको अन्तिम ५ वर्षमध्ये सुरुका २ वर्षमा १५ प्रतिशत र बा“की ३ वर्षमा २५ प्रतिशत निःशुल्क ऊर्जा आयोजनाले प्राधिकरणलाई दिने व्यवस्था छ ।
    कावेली ए
    नेपाल विद्युत प्राधिकरण र ३७.६ मेगावाटको कोवेली ए जलविद्युत आयोजनाबीच ७ जेठ २०७२मा पिपिए भएको हो । आधार वर्षको पिपिए दर प्रतियुनिट ५.७६६० (भ्याट बाहेक) र ६.२९८५ (भ्याट सहित) सेन्ट्स छ ।
    विलको ६० प्रतिशत डलरमा र ४० प्रतिशत नेपाली रुपैया“मा भुत्तानी हुने व्यवस्था छ । डलर अंशका लागि ३ प्रतिशत र नेपाली रुपैया“का लागि वार्षिक ६ रकम सटही जोखिम प्राधिकरणले बेहोर्नेछ । तर, १६ वर्षपछि आयोजनाको बोलपत्र आह्वान गर्दाको डलर सटही दर ७१ रुपैया“ २५ पैसालाई आधार मानी त्यसभन्दा बढीको रकम प्राधिकरण र आयोजनाले आधा–आधा बेहोर्नेछन् ।
    स्रोत :  नेपाल इनर्जी फोरम
    Dollar PPA Guidelines – Download Now