मैलुङ खोलाको पनि आउने भयो ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । मैलुङ खोलाको १०० रुपैयाँ दरको यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले जारी पुँजीको २०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले गत जेठ १७ देखि ३१ गतेसम्म आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१०%) आइपीओ बिक्री गरेको थियो । मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

Source: NepaliPaisa