काठमाडौं । काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेका दुईवटा ३६ एमबीए क्षमताका ट्रान्सफर्मरमा समस्या आएपछि उपत्यकाका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।
बानेश्वर र ललितपुरको इमाडोललगायत धेरै स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । इमाडोल १ नम्बरको केबल पड्केपछि २५ मेगावाट बिजुली आपूर्ति नभएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
प्राविधिक टोलिले विद्युत् आपूर्तिको प्रयास भइरहेको उनले जानकारी दिए ।
पटक पटक मुसा र बिरालोले गर्दा यस्ता समस्या आउने गरेको भनिए पनि केही संसय पैदा गरेकाले यसमा विशेष छानविन गर्नुपर्ने आवश्यक भएको उनले बताए ।
विद्युत आपूर्ति सुचारु गर्नका लागि प्राविधिक टोलि परिचालन भइरहेको पनि उनले बताए ।
गत कात्तिक २६ गते पनि यही फिडरमा यस्तै समस्या आएपछि दिनभरी विद्युत् आपूर्ति बन्द भएको थियो । अन्य फिडरबाट पनि बिजुली आपूर्तिको विकल्प नभएपछि समस्या भएको उनको भनाई छ ।
सोमबार पनि ६६ केभी स्टेशनमा समस्या आएपछि राजधानीको सिंहदरबारलगायत केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो ।
स्रोत:बाह्रखरी