कुलमानको तीन वर्ष : के गरे र अब के गर्दै छन् ?

824

भदौ २९, २०७६

म नेपालविद्युतप्राधिकरणको कार्यकारी निर्देशकमानियुक्त भएको तीनवर्ष पूरा भएको छ । मैले जिम्मेवारी सम्हाल्दावर्खामा समेत ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र संस्था झण्डै ९ अर्ब रुपैयाँवार्षिक खुद घाटामा रहेको कहालिलाग्दो यथार्थताथियो भने हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।

सम्माननीयप्रधानमन्त्री, माननीयऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिकतथाप्रशासनिक नेतृत्व, आमकर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमासम्झदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफलभएका छौं ।

एकातर्फ लोडसेडिङ इतिहासमाबिलयभई नियमितविद्युत् आपूर्ति हुनथालेपछि पछिल्ला वर्षहरुमामुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्रहोइन, उल्लेखनीय फड्को मारेको छ ।
तीनवर्षअघि प्रतिव्यक्तिवार्षिक ऊर्जा खपतकरिव १५० युनिटरहेकोमा अहिले नियमितविद्युत् आपूर्ति हुनथालेपछि बढेर करिव २४५ युनिट पुगेको छ । विभिन्न कारणले रुग्ण बनेका जलविद्युतउत्पादन, प्रसारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्नभएका छन् ।

तीनवर्षको अवधिमाप्राविधिक रगैरप्राविधिकविद्युत् चुहावट घटाउन, अधिकतमग्राहकसम्मपहुँच बढाउन,वित्तियखर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथावितरण लाइन र सबस्टेसन विस्तार गर्न  संस्थागत सुशासनमा सुधारगर्दै नाफाकमाउनमाप्राधिकरणले ठूलो सफलताहातपारेको छ । आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ ।

तीनवर्षमा हासिलगरेका मुख्यउपलब्धीहरु
(१) वित्तीयतथाप्रशासनिक सुधारतर्फ
● आर्थिक वर्ष २०७२÷७३मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव०७३÷७४मा रु १ अर्ब ४७ करोड, आव ०७४÷७५मा रु २ अर्ब ८५ करोड र आव ०७५÷७६मा रु ७ अर्ब २० करोड खुदनाफाआर्जन ।

●आर्थिक वर्ष २०७२÷७३मा रु.३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३÷७४मा रु २८ अर्ब १७ करोड, आव ०७४÷७५मा रु २५ अर्ब ५९ करोड र  आव ०७५÷७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल ।

●आर्थिक वर्ष २०७२÷७३मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३÷७४मा रु ५१ अर्ब ७० करोड, आव ०७४÷७५मा रु ६१ अर्ब ९७ करोड र  आव ०७५÷७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेकोे ।

● ‘उपयुक्त स्थानमाउपयुक्तव्यक्ति’भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको,प्राधिकरणले ग्राहकलाई  दिने सेवामा सुधार गर्न,विद्युत चुहावट नियन्त्रण, विद्युतमहशुलवक्यौता असुलीलगायतलाई मूख्यमानकमानीग्राहकतथावितरण केन्द्र प्रमुखसँगकार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको ।

● कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथापदस्थापन गर्ने कार्यलाई नियमिततथाप्रभावकारी बनाएको ।

● मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीयकार्यालयहरुलाई प्रादेशिककार्यलयहरुमा रुपान्तरण गरिएको ।

(२) उत्पादन
● विभिन्न समस्याझेल्दै अलपत्रअवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुननसकेको ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युतआयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न गरिएको,१४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्नभई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामापुगेको ।

●विगततीनवर्षमा प्राधिकरणको १०४ मेगावाट र नीजिउत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युतआयोजनाहरु संचालनमाआएको ।

●प्राधिकरणको सहायककम्पनीहरुमार्फत निर्माण हुनलागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुलीथ्रि बीजलविद्युतआयोजनाको कामद्रुतगतिमा अघि बढेको ।

● भूकम्पपछि बन्दअवस्थामा रहेको स्वदेशीलगानीमानिर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको ।

●प्राधिकरणको सहायककम्पनीचिलिमे जलविद्युतकम्पनीअन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्नहुने अवस्थामापुगेका ।

● १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्तजलविद्युतआयोजनाको विस्तृत परियोजनाप्रतिवेदनतयारी अन्तिम चरणमा पुर्याई वित्तीयव्यववस्थापनको आवश्यककार्य अगाडी बढाईएकोे । साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईएको ।

(३) प्रसारण
●आव २०७२÷७३सम्ममाविद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९०सर्किट किलोमिटरपुगेको,गतआवमामात्रै सात सय ५७ सर्किट किलोमिटर लाइननिर्माण सम्पन्नभई ६०६ सर्किट किलोमिटर चार्ज भएको ।

● लामो समयदेखि सम्पन्नहुननसकी रुग्ण बनेकोकाबेलीकरिडोर सहित  प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजनागतआर्थिक वर्षमा सम्पन्न, १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पूनः ठेक्काप्रकृया शुरु गरिएको ।

● ढल्केवार २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपालभारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइृनहरुको निर्माण सम्पन्न गरी नेपाल र  विहारवीचविद्युतआदानप्रदानको क्षमताविस्तार गरिएको ।
● विगततीनवर्षभित्रनयां निर्माण तथा स्तरोन्नति गरी १७१२ एम.भि.ए. क्षमताका प्रसारण सव्स्टेसन थपगरिएको ।
(४)वितरण तथाग्राहक सेवा

● तीनवर्षअघिसम्म करिब ६२प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवापाएकोमा अहिले ७८ प्रतिशतजनतासम्म यो सेवापुगेको, गार्हस्थ, सामुदायीकतथाऔद्योगिकग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५  लाखपुगेको ।
● ३३ केभी र सोभन्दामुनिकरिब १० हजार सर्किट किलोमिटर लाइननिर्माण सम्पन्नभई चार्ज गरेको ।

● नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एम.भि.ए. क्षमताकावितरण सव्स्टेसनहरु प्रणालीमा थप गरिएको । करिव दशहजार वटा वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाएको ।

● ग्राहकले विद्युतमहशुलबुझाउनकार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको ।

● स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामानमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको ।

●देशभरी रहेका थ्री फेज मीटर तथा टि ओ डि मिटरहरुलाई स्मार्ट मीटर ले प्रतिस्थापन गर्ने कार्य द्रुतगतिमा अगाडि बढाएकोे ।

● काठमाडौं उपत्यकमाजथाभावीरुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमाभूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको । काठमाडौ, ललितपुर र भक्तपुर शहरहरुमाभूमिगतवितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको ।

चुहावट नियन्त्रण

●तीनवर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युतचुहावटलाई तीनवर्षभित्र १५.३२ प्रतिशतमाल्याइएको, तीनवर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्रप्राधिकरणले वार्षिक रु ७ अर्ब थपआम्दानी गरेको ।

(५) विद्युतव्यापार
●निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको  विद्युतखरिद संझौता (पीपीए) भएको । आव २०७२÷७३मा २७आयोजनासँग ४७४ मेगावाटको पीपीएभएकोमा आव ०७३÷७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४÷७५मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५÷७६मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको ।

●नेपाल र भारतवीच वर्षौंदेखि हुननसकिरहेको विद्युतअदानप्रदान समितिको बैठक लाई नियमितताप्रदानगर्दै प्रत्येक वर्ष बैठक वसीविद्युतव्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको ।

आगामीकार्ययोजना

सरकारको निर्देशन र उपभोक्ताको हित नेपालविद्युतप्राधिकरणका लागि सर्वोपरि हो । उच्चआर्थिक विकासको लक्ष्य पुरा गर्ने सरकारको उद्धेश्यअनुसार आवश्यकउर्जा उत्पादन, प्रशारण तथावितरण गर्न मात्रहोइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफामूलक, अनुशासित, सम्मानितर शसक्तबनाउनस्पष्ट दृष्टिकोणका साथप्राधिकरणलाई अघि बढाइने छ ।
विगतमालोडसेडिङ अन्त्य गर्न मुख्यध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखीसोहीअनुसार प्रसारण तथावितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउने छ ।

आगामीदिनमा वर्षायाममाउत्पादितविद्युतलाई खेर जाननदिई शतप्रतिशतआन्तरिकखपतवानिर्यात गराउनविशेष ध्यान केन्द्रित गरिने छ ।

लोड सेडिङअन्त्य पछिउत्पन्नभएकाचुनौतीलाई समानागर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरण दृढ छ ।

अनलाईन तथाएकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधाउपलब्ध गराइने छ । प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्तजलविद्युतआयोजनाहरुलार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ ।

सुशासन

● संस्थागत सुशासनलाई कठोरता साथलागू गरिने छ, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीतिअबलम्बनगर्दै प्राधिकरणका क्रियाकलापलाई थपजिम्मेवार, पारदर्शी र जवाफदेहीबनाइने छ ।

● मिटर रिडिङका लागिग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामाजस्तै स्वचालितविलिङ लागू गरिने छ ।

● प्राधिकरणको आन्तरिक प्रणाली र सेवाप्रवाहमाआधुनिकएवं नविनतम् सूचनाप्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ । इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली लागू गरिने छ ।
संस्थागतविकास

● प्राधिकरणको वित्तीयअवस्था सुदृढ गर्नका लागि सञ्चालनखर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायतउपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने ।

● नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीयपुर्नसंरचनामाभएको व्यवस्था र प्राधिकरण ऐनमाभएको व्यवस्थाअनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागिनिश्कासन गर्न आवश्यकपहल गर्ने ।

● प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमास्वायत्तप्रदेश विद्युतवितरण संस्थाखोलिने छ ।
वितरण तथाविद्युतीकरण

२०७९भित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने सरकारको महाअभियानलाई साथदिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिकालागि हरसम्भव प्रयास गरिने छ ।यसकालागिवितरण प्रणाली संजालको विस्तार गरिने छ ।

स्थानीयतहलाई क्रमिक रुपमाशतप्रतिशतविद्युतीकरण भएको घोषणा कार्यक्रमअभियानकै रुपमाचलाइने छ । चालु आवमाराष्ट्रिय ग्रिड नपुगेका रुकुमपूर्व, कालिकोट,जुम्ला र बाजुरामाग्रिड पुर्याइने छ । ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ।

●देशैभरि स्मार्ट मीटर जडान कार्य ंगरिनेछ । वितरण प्रणालीलाई स्वचालित९ब्गतयmबतष्यल० बनाउनकार्यक्रम अगाडि बढाईने छ ।

●आगामीदशवर्षमा दशहजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिनेछ ।

मागव्यवस्थापन
●विद्युतखपतकोदायरालाई विस्तार गरिने छ । विद्युतीययातायातकालागिचार्जिङ स्टेसन स्थापना, विद्युतीयचुलो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ ।

●ऊर्जा दक्षताकार्यक्रमलाईअभियानकै रुपमा संचालन गरिने छ । ऊर्जा दक्षताभएका लीड चिम, पङ्खा, क्यापासिटर बैंक, पानीतान्ने मोटरलगायतका उपकरणहरुको प्रयोगमाव्यापकताल्याई ऊर्जाको उच्चमागव्यवस्थापनगरिने छ ।
चुहावट नियन्त्रण

●प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरा दिइने छ । चालु आवमाविद्युत् चुहावटलाई १२प्रतिशतमाझार्नेलक्ष्यका साथकार्यक्रम संचालन गरिने छ ।
उत्पादन
●जनताको जलविद्युतकार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युतआयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चितबनाईस्वेदशीवित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीयविकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीयव्यवस्थापन९ँष्लबलअष्ब िऋयिकगचभ०गरी निर्माण अगाडि बढाइने छ । ६३५ मेगावाटको दूधकोसी आयोजनाको पनिवित्तीयव्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । साथै उत्तरगंगाजलाशययुक्तजलविद्युतआयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएतचिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका जलविद्युतआयोजनाहरु अगाडि बढाईनेछ ।

● ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रकाआयोजनाबाट चालू आवमाकरिब १००० मेगावाट विद्युत प्राणालीमा थपिने गरी काम अगाडि बढाइने छ ।
● २५ मेगावाटको ग्रिडमा आवद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिने छ ।

प्रसारण
●सिंगटी— लामोसाँघु,सोलु करिडोर,दाना—कुश्मा,दोर्दी करिडोर, भरतपुर—बर्दघाट,मस्र्याङदी—काठमाडौं, चिलिमे —त्रिशूली, समुन्द्रटार—त्रिशुली ३ वीहव, कोसी करिडोर (इनरुवा—तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ ।

● ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्चक्षमताको सबस्टेसन चालु आवमानिर्माण सम्पन्न गरी संचालनमाल्याइने छ ।
● देशैभरका प्रसारण सबस्टेसनहरुलाई स्वचालित गरिनेछ ।

●नेपाल र भारतबीचकाविभिन्नअन्तरदेशीयप्रसारण लाइनहरु योजनाबद्ध रुपमानिर्माण गरिने छ, बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइननिर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ । साथै चालु आ.व.मा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतियासम्मको १३२ के.भी. प्रसारण लाईनको निर्माण शुरु गरिनेछ । कुशाहा–कटैयाको दोस्रो सर्किट लाईन निर्माण शुरु गरिनेछ ।

● न्यू बुटवल–अत्तरीया (कन्चनपुरको दैजी) ४०० के.भी. लाईनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईने छ । अन्य ४०० के.भी. लाइनहरुको अध्ययन गरिने छ ।

● नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभीक्रस बोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यताअध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यकपहल गरिने छ ।

विद्युतव्यापार
प्राधिकरणले भारतकाउर्जासंग संवन्धितविभिन्ननिकायहरुसंग छलफल एवं वार्ता गरी नेपालभारतवीचको डे अहेड र टर्म अहेड विद्युतवजार मार्फत विद्युतव्यापार गर्न एनटिपिसि विद्युतव्यापार निगमसंग संझौता सम्पन्न गरी भविश्यमा कारोबार शुरु गरिने छ । भारतको केन्द्रीयविद्युतप्राधिकरण र नेपालविद्युतप्राधिकरणवीच इनर्जी बैंकिङसम्वन्धीआवधारणा पत्रमा सैद्धान्तिक सहमति जुटिसकेकाले इनर्जी बैंकिङसम्वन्धी कारोबार शुरु गरिने छ ।
माग र आपुर्तिको सन्तुलनकायमराख्नविद्युतउत्पादनमा फड्को मार्नुपर्ने हाम्रो जिम्मेवारी हो ।  ‘उज्यालो नेपालअभियान’अन्तर्गत आगामीदिनमामुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युतआपूर्ती गर्न हरसम्भवप्रयासरत रहने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्तगर्दछु ।