Upper Tamakoshi won’t float IPO before Dashain

    1274

    Citizen Investment Trust, the issue manager of the much-awaited initial public offering (IPO) of Upper Tamakoshi Hydropower Limited has ruled out the possibility of issuing the primary shares to the locals of the project hit area at least before the Dashain festival.

    दोलखावासिका लागि छुट्याइएको साधारण सेयरलाई समान ढंगले वितरण गर्ने निर्णय

    IPOसन्तोषी कार्की दोलखा, भदौ १६ गते । माथिल्लो तामाकोसी जलबिद्युत आयोजनामा दोलखाबासिका लागि छुट्याइएको साधारण सेयरलाई समान ढंगले वितरण गर्ने निर्णय भएको छ ।
    माथिल्लो् तामाकोशी सहयोग तथा समन्वय समितीको बैठकले यस अघिको निर्णय सच्याउँदै यस्तो निर्णय गरेको हो । बैठकले दोलखावासिका लागि १० प्रतिशतका दरले छुटयाएको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयरलाई सबै दोलखावासिलाई समान ढंगले वितरण गर्ने र लगानी गर्न नसक्नेहरुका लागि बैकल्पिक व्यवस्थाको खोजी गरी सुनिश्चित गर्ने निर्णय पनि गरेको छ । यसअघि माथिल्लो तामाकोशीमा दोलखावासिले प्रतिव्यक्ति न्युनतम ५ हजारदेखि अधिकतम ५० हजारसम्म्को सेयर लगानी गर्न पाउने निर्णय भएको थियो । उक्त निर्णयलाई पुन बसेको बैठकले खारेज गरेपनि आयोजनास्थल लामाबगर गाविसवासिले पाउने ४ प्रतिशत सेयर लगानीको निर्णय भने यथावत् राखिएको समन्वय समितीका संयोजक एबम् दोलखाका स्थानीय विकास अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
    समन्वय समितीको बैठकले आगामि मंसिर मसान्तसम्म मापदण्डले तोकिएअनुसार सेयर लगानी गर्न योग्य व्यक्तिहरुको तथ्यांक संकलन पुरा गरी पुष महिनादेखि सेयर निष्कासनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले दोलखावासिलाई समान ढंगले सेयर लगानी गर्न बाधा पुग्ने ऐन कानुन संशोधन गर्न सरकारलाई आग्रह गर्दै माथिल्लो तामाकोशीमा देखिएको असमान सेयर लगानीको संरचना पुनरावलोकनका लागि माथिल्लो तामाकोशी कम्पनिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकको निर्णयअनुसार दोलखावासिको सेयर स्थानियस्तरमै गएर संकलन गर्न आवश्यक सहजिकरण समेत हुनेछ । बैठकमा दोलखाका सभासद, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

    Source : Gorkhapatra