प्रसारण लाइनमुनिको जग्गाको पनि मुआब्जा दिने तयारी

1634

ऊर्जामन्त्री वर्षमान पुन भन्छन्– मुआब्जा दिने कार्यविधि तयार भइसकेको छ

माघ २८, २०७६

मंगलबार सरकारले विद्युत् प्रसारण लाइनमुनि पर्ने जग्गाको पनि मुआब्जा दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् प्रसारण लाइनभन्दा मुनिको जमिनको पनि पूर्ण मुआब्जा दिने तयारी गरेको जानकारी दिएका हुन् ।

सरकारले विद्युत् प्रसारण लाइनमुनि पर्ने जग्गाको पनि मुआब्जा दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् प्रसारण लाइनभन्दा मुनिको जमिनको पनि पूर्ण मुआब्जा दिने तयारी गरेको जानकारी दिएका हुन् ।

अहिलेसम्म प्रसारण लाइनका पोलहरूले चर्चेको जग्गाको मुआब्जा दिने गरे पनि बिजुलीका तारमुन्तिर पर्ने भूभागको मुआब्जा दिने गरेको छैन । तर, अब मुआब्जा दिने गरी कार्यविधि तयार भइसकेको पुनले जानकारी दिए । ‘अबदेखि प्रसारण लाइनको मुनि परेको जग्गाको पनि मुआब्जा दिने तयारीमा छौँ,’ उनले भने, ‘कार्यविधि तयार भएको छ ।’ मन्त्री पुनले विद्युत् उत्पादनमा आफ्नो मन्त्रालयले महत्वाकांक्षी योजना बनाएको समेत जानकारी दिए । उनले ५ वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

उत्पादित बिजुलीलाई उपभोगस्थलसम्म पु-याउन प्रसारण लाइन निर्माणको काम तीव्र रूपमा अघि बढाइएको समेत पुनले जानकारी दिए । नुवाकोटको तुप्चेमा दिवंगत तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । नेकपाकोे सरकार बन्नुअघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत् थियो । बितेको २ वर्षमा ४ सय मेगावाट थपिएर १३ सय मेगावाट पुगेको पुनले बताए । यसै आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा थपिने जानकारीसमेत उनले दिए ।

 

स्रोत:नयाँपत्रीका