चैत ४,२०७६
पहिरोको कारण विद्युत् उत्पादन बन्द भएको सिन्धुपाल्चोकको हाँडीखोला साना जलविद्युत् आयोजनाले पूर्ववत् विद्युत् उत्पादन थालेको छ ।
पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित जलविद्युत् आयोजनाको पावर हाउसमा ०७३ साउनमा गएको पहिरोले क्षति पुगेको थियो । पहिरोले क्षति पुगेको २१ महिनापछि आयोजनाले पूर्ववत् विद्युत् उत्पादन सुरु गरेको हो ।
आयोजनाका सञ्चालक इन्द्र बहादुर पाखे्रनले ०७६ चैतदेखि आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको जानकारी दिए ।
यसअघि ०७२ मा गएको भूकम्पले पनि यो आयोजनामा क्षति पु¥याएको थियो । त्यसबेला ४ महिना आयोजना बन्द भएको थियो ।
भूकम्पपछिको मर्मतका झण्डै ३० लाख रुपैयाँ खर्च लागेको थियो । त्यतिबेला विद्युत् उत्पादन बन्द हुँदा ६० लाख रुपैयाँबराबरको क्षति भएको आयोजनाले जनाएको छ ।
९ सय ९१ किलोवाट क्षमता रहेको हाँडीखोला साना जलविद्युत आयोजना ०६७ सालमा निर्माण सम्पन्न भएको हो ।
१८ करोड रुपैयाँमा सम्पन्न आयोजनाले ४ करोड रुपैयाँ मात्रै पेनाल्टी तिर्न परेको थियो ।
२१ महिना जलविद्युत आयोजना बन्द हुँदा आयोजनाले ८ करोड ६५ लाख घाटा बेहोर्नुपरेको छ । यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पुग्ने गर्दछ ।
भूकम्पले भन्दा पहिरोको कारण आयेजनाले ठूलो घाटा बेहोर्नु परेको आयोजना सञ्चालक पाखे्रन बताउँछन ।
उनका अनुसार, यस आयोजनाबाट उत्पदान भएको बिजुली बर्खा सिजनमा ३ रुपैयाँ ९० पैसा र हिउदँमा ५ रुपैयाँ ५९ पैसामा बिक्री हुँदै आएको छ ।
स्रोत:अन्लाईनखबर