कुलेखानीको सतह एघार मिटर बढ्यो

    1770

    हेटौडा, कार्तिक १० –
    बग्ने खोलाबाट निकालिने बिजुलीको आपूर्ति कम हँुदा चलाइने कुलेखानी जलाशय -इन्द्रसरोवर) को पिँधमा माटो जमेर उत्पादनमा कमी आएको छ । जलाशयको पिँधको सतह बढेकाले करिब २ करोड ७० लाख क्युविक मिटर पानी अटने क्ष्ामता घटेको छ ।
    Kulekhani Reservoir
    बर्सेनि जलाधार क्ष्ाेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र  पातपतिंगर जलाशयमा थुपार्ने कारणले गर्दा सरोवरको सतह बढेकाले पानी अट्ने क्ष्ामता सांघुरिँदै गएको हो ।

    सुरु सञ्चालनको अवस्थामा कुलेखानी जलाशयमा ८ करोड ५३ लाख क्युविक मिटर पानी अट्ने क्ष्ामता थियो । अहिले उक्त क्ष्ामतामा ह्रास आएर अहिले ५ करोड ९९ लाख क्युविक मिटरमा झरेको कुलेखानी स्रोतले बतायो । ‘जलाशयको करिब २७ मिलियन क्युविक मिटर पानी अट्ने क्षमता घटेको छ,’ कुलेखानी प्रथमका एक अधिकारीले भने । कुलेखानी सञ्चालनमा आएको ३० वर्षमा ११ मिटरभन्दा बढी जलाशयको पिँधको सतह वृद्धि भएको छ । सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्ष्ामतामा गिरावट आएको हो ।

    २०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संंकलन भएको पानीमध्ये ५६ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढी पछि जलाशयमा संकलन भएकोमध्ये ५० मिटरमात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । हाल ४५ मिटरमात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । कुलेखानी जलविद्युत् आयोजना दोस्राेका प्रमुख सच्चिदानन्द मिश्रले बताए । ‘जलाशयमा ‘डेवि्रज’ हरू यसरी थुपि्रँदै गएपछि विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिने पानीको सतह न्यून हँुदै जान्छ,’ उनले भने । २०५० सालमा आएको बाढीले जलाशयको पिँधको सतह ६ मिटर बढेको थियो । बर्सेनि जलायशको सतह वृद्धि हँुदै गएको छ । मानव निर्मित जलाशयमा अहिले १ लाख ७० हजार क्युविक मिटर ‘डेवि्रज’ संकलित भएको कुलेखानी प्रथमका इन्जिनियर भने । जलाशयमा संकलित भएका ‘डेवि्रज’ हरू -वालुवा, माटो, पातपतिंगर र ढुंगा) नझिकेमा क्रमशः कुलेखानी पहिलो, दोस्राे र निर्माणाधीन तेस्रो जलविद्युत् आयोजनाको उपादेयतामा ह्रास आउँछ उनले भने ।

    सरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो र दोस्रो निर्माण गरेर ९२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ भने १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यले तेस्राे कुलेखानी भइसकेको सानुटारमा निर्माणाधीन छ । जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्ष्ामतामा कमी आएपछि कुलेखानीका तीनवटै विद्युत् उत्पादन गृह प्रभावित हुने छन् । मानवनिर्मित एकमात्र जलाशयमा थुपि्रएका ‘डेवि्रज’ माटो, ढुंगा, बालुवा र पातपतिंगरहरू झिक्न आयोजनाले दुई वर्षअघि सरकारलाई विस्तृत प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा ७ किलोमिटर लामो कुलेखानीको जलाशय सतह १० मिटर बढेको छ ।

    जलाशयमा थुपि्रएका माटो, बालुवा र ढुंगाहरू झिक्न ५० करोडको हाराहारीमा खर्च लाग्ने अनुमान गरेका छन् । जलाशयमा जम्मा भएका सिल्कट, माटो एवं पतिंगरहरू झिक्न कम्तीमा २ महिना लाग्ने प्राविधिकहरूले जनाएका छन् ।

    सुख्यायाममा जलाशयको पानी सबै सुकाएर सिल्कट, माटो एवं पातपतिंगरहरू झिक्नुपर्छ आयोजनाका प्राविधिकहरूले भने । जलाशयबाट झिकिएका शिल्कट, माटो र पतिंगहरू मार्खुमा राखेर व्यवस्थापन गर्न सकिने सुझाव पनि उनीहरूले दिएका छन् । स्थापना कालमा कुलेखानी जलाशयमा समुद्री सतहबाट १ हजार ४ सय ७४ मिटरसम्म पानीको सतह झर्दासम्म कुलेखानी उत्पादन गृहबाट विद्युत् उत्पादन गर्न सकिन्थ्यो ।

    जलाशयको सतह बढेकाले हाल १ हजार ४ सय ८४ मिटरसम्मको पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । ‘जलाशयमा थुपि्रएका ‘डेवि्रज’ नझिकेमा बर्सेनि जलाशयको सतह बढ्छ,’ विद्युत् उत्पादन गर्ने पानीमा कमी आउँछ आयोजना प्रमुख मिश्रले भने । कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा ल्याएपछि जलाशयको पिँधमा थुपि्रएका सिल्कट, माटोलगायत पातपतिंगरहरू एकपटक पनि झिकिएको छैन । १०/१० वर्षको फरकमा सिल्कट, माटोलगायत पिँधमा संकलित भएका वस्तुहरू झिक्नुपर्ने सुझाव प्राविधिकहरूले स्थापनाकालमा दिएका थिए । सञ्चालनमा आएको तीन दशक भइसक्दा पनि जलाशयको पिँधमा जम्मा भएका फोहोरहरू झिकिएका छैनन् । नयाँ-नयाँ जलविद्युत् आयोजना निर्माण नभएकाले कुलेखानी जलविद्युत् आयोजनालाई १२ रै महिना विद्युत् उत्पादन गर्न दबाब परेकाले मर्मत सम्भार एवं जलाशयका पिँधमा थुपि्रएका फोहोर झिक्न समस्या भएको प्राविधिक बताउँछन् । कुलेखानी जलाशय ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइ छ । कुलेखानी पहिलोबाट ६० र दोस्राेबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

    प्रस्तुति: कान्तिपुर