Test Production of Sanima Mai Hydro by July

    1861

    Test Production of 22 MW Sanima Mai Hydropower Project by July,2014. Project have completed 92 percent of the construction work.

    The possibility of connecting the electricity generated from Mai project to the national grid is very low as the Nepal Electricity Authority (NEA) has delayed the construction of 132 KV Kabeli Corridor Transmission Line. Promoter of the project Sanimai has stated that the project will be completed within the current fiscal year.

    Sanima Mai Hydropower Ltd (SMHL) is promoted by a group of veteran Non-Resident Nepali professionals who have extensive experience in a number of industries which include banking, insurance, real estate, engineering, construction.

    Currently, the company is developing two hydropower projects with an aggregate capacity of 29 MW. Phase I of the project is of a capacity of 22 MW and is expected to commission in July 2014 while Phase II of the project is of a capacity of 7 MW and is expected to commission in July 2015.

     

    mai hydro headworks

    राजु शिवा पशुपतिनगर, जेठ ४ गते ।  इलाममा निमाणाधीन सानिमा माई विद्युत आयोजनाले आउँदो असार महिनाभित्रै परीक्षण उत्पादन गर्ने गरी कामलाई तीब्रता दिएको छ ।
    इलामको दानाबारी–चिसापानीस्थित आयोजनाको ९२ प्रतिशत काम सकिएको र आउ“दो असारभित्र पूरा हुने सानिमा माई हाइड्रोपावर कम्पनीले जनाएको छ । २२ मेगावाट Ôमताको सो आयोजना असार अन्त्यसम्ममा विद्युत उत्पादनका लागि तयार हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. सुवर्णदास श्रेष्ठले बताउनुभयो । विद्युत गृह र बा“ध स्थललगायत संरचना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिंदै श्रेष्ठले भन्नुभयोे–‘असारको पहिलो हप्तादेखि परीÔण उत्पादन थाल्ने गरी काम भइरहेको छ ।’ आयोजनाले उत्पादन गरेको विद्युत ११ दशमलव ६ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरी इलामको गोदक सबस्टेशनमा जोडिने भएको छ ।
    प्रशारण लाइन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । हाल सब–स्टेशनको काम भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रशारण लाइनका ३७ ओटा टावरमध्ये हालसम्म २९ वटा निर्माण भइसकेको र बा“की आठ वटा टावरको काम पनि अन्तिम चरणमा पुगेको छ ।
    आयोजना करीब चार अर्ब ५० करोडको लागतमा निर्माण भइरहेको छ । आयोजनामा लक्ष्मी बैंको नेतृत्वमा विभिन्न बैंकको ऋण लगानी रहेको छ । कम्पनीले स्थानीय बासिन्दालाई १० र सर्वसाधारणलाई २० प्रतिशत शेयर विक्री गरिसकेको छ । करीब ६ महिनाअघि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको शेयर अहिले साढे ६ सयको हाराहारीमा किनबेच भइरहेको जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत निर्माणाधीन कावेली कोरिडोर राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यो प्रशारण लाइन झापाको दमकबाट शुरु भएर पा“चथरको फिदिमसम्म पुग्ने छ । विश्व बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सो प्रशारण लाइनको काम भने अपेÔित गतिमा अगाडि बढ्न सकेको छैन । सो कोरिडोर अन्तर्गत कुल ९० किलोमिटरमा प्रशारण लाइन निर्माण गर्नुपर्छ ।
    करीब १९० वटा टावर निर्माण्ँ गर्नुपर्नेमा हालसम्म ५६ वटा टावरको जग मात्र तयार भएको प्राधिकरणले बताएको छ । सन् २००८ मा प्रशारण लाइन निर्माण गर्नका लागि जग्वार ओभरसिज र अष्टर जेभीस“ग संयुक्त µपमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणका अनुसार आगामी असारमसान्तसम्म सानिमा माईको विद्युत जोडिने स्थल (गोदक) सब–स्टेशनसम्म प्रशारण लाइन निर्माणको काम पूरा गर्नुपर्ने बाध्यता ठेकेदार कम्पनीको छ । कुल ९३ वटा टावरमध्ये ५६ वटाको मात्र काम भइरहेको छ । ‘वर्Èायाम नलाग्दै प्रशारण लाइन सक्ने तयारीमा छौं’–काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाका सहायक प्रबन्धक गणेश केसीले भने–‘प्रशारण लाइन निर्माण गर्न नसकिए आयोजनाबाट उत्पादित विद्युत खेर जानेछ ।’ समयमा नै आयोजनास्थलसम्म प्रशारण लाइन पु¥याउने विश्वास प्राधिकरणले  दिएको श्रेष्ठले बताए ।

    Source : Gorkhapatra Online