TATA Power will get Cross-border transmission line project

    1151

    wpid-powerlines.jpegPower Transmission Company Nepal Limited (PTCNL) will be getting contract for the Dhalkebar-Mujaffarpur cross-border transmission line project.

    PTCNL, which will develop 40km of the transmission line on the Nepali side of the border, has shortlisted eight bidders for the financial evaluation. The bidders are Mega Engineering & Infrastructure Ltd, Kalpataru Power Transmission Ltd, Aster Dependable Services, TATA Projects Ltd, JV of Unitech Power Transmission Ltd, Skipper Ltd, KEC International Ltd, GAMMON India Ltd, and Fedders Lloyd Corporation Limited.

    The total length of the transmission line is 140 km. PTCNL is a subsidiary of Nepal Electricity Authority (NEA).

    The transmission line will facilitate power trade between Nepal and India. The 40-km portion of the transmission line on the Nepali side is estimated to cost Rs 2.263 billion, while the cost of the 100 km portion on the Indian side is projected at Rs 2.352 billion.

    टाटा पावरसँग ठेक्का सम्झौता हुँदै

    काठमाडौं, १० मंसिर – ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत नेपालतर्फ लाइन विस्तारका लागि यो महिनामा ठेक्का सम्झौता हुने भएको छ । प्रसारणलाइनको प्रवद्र्धक पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) भारतको टाटा प्रोजेक्ट्स लिमिटेडलाई छनौट गरिसकेको छ । ठेक्का सम्झौतापछि टाटाले ढल्केबरदेखि भिठामोडसम्म ३९.५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नेछ । आयोजनाको निर्माण लागत १ अर्ब ५० करोड रुपैयाँ छ ।
    ठेक्का सम्झौतापछि पनि केही प्रक्रियागत काम बाँकी रहने भएकाले ढिलोमा आगामी फागुनदेखि आयोजनाको भौतिक निर्माणको काम सुरु हुने आयोजना प्रमुख बद्रीनारायण साहले बताए । उनका अनुसार काम सुरु गरेको १६ महिनामा यो प्रसारणलाइनको काम सक्नुपर्नेछ ।
    नेपालको ढल्केबरदेखि भारतको मुज्जफपुरसम्म १ सय ४० किलोमिटर लामो प्रसारणलाइन बनाउन साढे ४ अर्ब रुपैयाँ (५ करोड २० लाख अमेरिकी डलर) लाग्ने अध्ययनले देखाएको छ ।
    सन् २०१४ को डिसेम्बरसम्म प्रसारणलाइन बनाउने योजना पीटीसीएनको भए पनि केही महिना ढिलाइ हुने भएको छ । आयोजनालाई लगानी जुटिसकेको छ । यस्तै जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले पीटीसीएनमा १४ प्रतिशत स्वपुँजी लगानी गर्दैछ ।
    भिठ्ठामोडदेखि मुज्जफपुरसम्म १ सय किलोमिटर लामो प्रसारणलाइनको ठेक्का पनि चाँडै टुंगो लाग्नेछ । भारततर्फको प्रसारणलाइनको निर्माण क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) गर्दैछ ।
    अन्तरदेशीय प्रसारणलाइन बनाउने विषयमा अघिल्ला वर्ष नै नेपाल र भारतका लगानीकर्ताबीच सेयर सम्झौता भइसकेको छ ।
    प्रसारणलाइन बनेपछि नेपालबाट भारतमा र भारतबाट नेपालमा सहज विद्युत् आयात–निर्यात हुनेछ । कमजोर प्रसारणलाइनले गर्दा लोडसेडिङ घटाउन भारतबाट पर्याप्त बिजुली आयात हुन सकेको छैन । यो वर्षको हिउँदमा लोडसेडिङ कम गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट २ सय ४० मेगावाटसम्म बिजुली आयात गर्दैछ ।
    भारतको नयाँदिल्लीमा २ वर्षअघि सम्पन्न विद्युत् आदान–प्रदान समितिको बैठकमा २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट विद्युत् आयात गर्न पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरिद, प्रसारणलाइनको क्षमता बुक, प्रसारणलाइन निर्माण तथा सञ्चाल सम्झौता भइसकेको छ । १ हजार २ सय मेगावाट बिजुली आयात–निर्यात गर्नेगरी प्रसारणलाइनको क्षमता बुकिङ भइसकेको छ । प्रसारणलाइन निर्माणमा ढिलाइ भए प्राधिकरणले पीटीसीलाई रकम भुत्तानी गर्नुपर्ने हुन्छ ।
    सेयर संरचनाअनुसार पीटीसीएनमा प्राधिकरणको ६४ प्रतिशत, भारतको पावर ग्रिड कर्पोरेसनको २६, आईएलएफएस इनर्जीको १० प्रतिशत लगानी हुनेछ । त्यस्तै, भारततर्फको सीपीटीसीमा प्राधिकरणको १० प्रतिशत, पावर ग्रिड र सतलज जलविद्युत् निगम लिमिटेडको २६÷२६ तथा आईएलएफएस इनर्जीको ३८ प्रतिशत लगानी हुनेछ ।
    प्रसारणलाइनको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत अध्ययन पूरा भइसकेको छ । २ देशबीच विद्युत् आयात–निर्यात गर्नका लागि यो प्रसारणलाइन निर्माण गर्न सन् २००७ मा प्राधिकरण र आईएलएफएसबीच सम्झौता भएको थियो । सम्झौताअनुसार सन् २०११ मा निर्माण पूरा नभएपछि समय थपेर २०१४ पु¥याइएको हो । यो प्रसारणलाइन निर्माण भएपछि भारत निकासीका लागि बन्ने आयोजनालाई सहज हुनेछ । भारतका जीएमआर इनर्जी, सतलज जलविद्युत् निगम, टाटा पावरलगायत १ दर्जन कम्पनीले ठूला आयोजना निर्माण गर्दैछन् ।
    सन् २००७ मा प्राधिकरण र आईएलएफएसबीच ढल्केबर–मुजफ्फरपुरका अतिरिक्त दुहवी–पुर्निया, बुटवल–गोरखपुर र सिलगुडी–अनारमुनी ४ सय केभी प्रसारणलाइन निर्माण गर्ने सम्झौता भएको थियो । ४ ठूला प्रसारणलाइन निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म एउटा पनि निर्माण हुन सकेको छैन । प्राधिकरणले हेटौंडादेखि दुहबी ३ सय किलोमिटर लामो प्रसारणलाइन निर्माणको प्रक्रिया सुरु गरिसकेको छ ।

    Source : Karobar Daily