38 Hydro – Developer applied for generation license

    1392

    38 Hydro – Developer applied for generation license  

    Hydroelectric Project developer of 38 project has applied for Obtaining a License for the Production of Electricity with Department of Electricity Development.

    विद्युत उत्पादन अनुमतिका लागि ३८ प्रवर्द्धकको निवेदन

     ११ मंसिर, काठमाडौं ।

    doedविद्युत उत्पादनका लागि अनुमति पाऊँ भनी यस वर्ष ३८ वटा प्रवर्द्धकले विद्युत् विकास विभागमा निवेदन दिएका छन् । सर्वेक्षणको काम सम्पन्न गरी निर्माणको तयारीमा रहेका प्रवर्द्धकले निवेदन दिएका हुन ।
    विद्युत विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले दिनुभएको जानकारीअनुसार यस वर्ष मात्र ३८ वटा प्रवर्द्धकले अनुमति पाऊँ भनी निवेदन दिएका छन् । विभागमा पछिल्लो पटकमात्र दिव्यज्योति हाइड्रो पावरले मस्र्याङ्दी बेसी हाइड्रो पावर लजलविद्युत आयोजना निर्माण गर्न अनुमति पाऊँ भनी निवेदन दिएको छ । सो आयोजनाको क्षमता ५० मेगावाट रहेको छ ।
    त्यसैगरि, मध्य सुनकोसी ३.४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाऊँ भनी लामा हाइड्रो पावरले निवेदन दिएको छ । त्यस्तै, माथिल्लो म्याग्दी २० मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाउ“m भनी हाइड्रो इम्पाएरले अनुमति मागेको सूचना अधिकृत पन्थले जानकारी दिनुभयो । हालसम्म यसरी अनुमति माग्नेको सङ्ख्या ८२ रहेको छ । त्यसको क्षमता ४ हजार ३ सय २३ मेगावाट रहेको छ ।
    ‘निर्माणका लागि अनुमति पाउ’ भनी विभागमा निवेदन दिएका प्रवर्द्धकबाटै छनोट गरेर नै निर्माणको अनुमति दिइन्छ । त्यसमा लागतको विश्वसनीयता र प्राविधिक तयारीलाई पनि हेरिन्छ”- सूचना अधिकृत पन्थले भन्नुभयो ।
    विभागले वायु ऊर्जा उत्पादनका लागि सर्वेक्षणको अनुमति लिएको नेपाल इन्टरनेसनल रिन्युएबल पावर कम्पनीले कुनै पनि प्रक्रिया अगाडि नबढाएको विभागको भनाइ छ । कुल पाँच मेगावाट क्षमताको वायु ऊर्जा दोलखाको जिरीमा उत्पादन गर्ने लक्ष्य सो कम्पनीले राखे पनि हालसम्म कुनै पनि काम नगरेको बताइन्छ ।

    @रासस