Sindhuli will be load shedding free within a week

    1715

    सिन्धुली, १३ साउन : सिन्धुली जिल्ला एक हप्ता भित्रमा लोडसेडिङ मुक्त हुने भएको छ । खिम्ती ढल्केवर २२० केभि प्रसारण लाईन समस्या समाधान सुझाव समितका संयोजक प्रलाद पोखरेलको अध्यक्षतामा बुधबार विहान वसेको सर्वदलिय सर्वपक्षिय छलफलले एक हप्ता भित्रमा समग्र जिल्लालाई लोडसेडिङ मुक्त गर्ने सहमति गरेको संयोजक पोखरेलले जानकारी दिए । वैठकले केही दिन भित्रमै जिल्लाको भिमेश्वर गाविसवाट बाँकी रहेका कामको सूरुवात गर्ने र एक हप्ता भित्रमा जिल्लालाई लोडसेडिङ मुक्त गर्ने सहमति वनेको संयोजक पोखरलेले बताए ।

    स्थानीयहरुको अवरोधका कारण लामो समय अवरुद्ध भएपछि विश्व बैङ्कले आयोजनाबाट हात झिक्ने समेत बताएको थियो । यस्तो कुरा आएपछि उर्जा मन्त्रालयले भने विश्व बैङ्कलाई खिम्ती—ढल्लेवर प्रसारणलाईन निर्माण आयोजनाबाट हात नझिक्न आग्रह गरेको थियो ।
    प्रसारणलाईनबाट हात नझिक्न विश्व बैङ्कलाई पत्राचार गरेको थियो । बैङ्कको कुल ६८ करोड ८९ लाख रुपैया ऋण सहयोगमा प्रसारणलाइन निर्माण थालिएको थियो ।

    सिन्धुलीमाढी स्थित माझीटारका स्थानियले ६ ओटा पोल गाड्न अवरोध पुर्याएपछि काम अवरुद्ध भएको थियो भने पीडित संघर्ष समिति गरेर रतनचुरा गाविसको १ र २, भद्रकाली गाविस १, २ र ३, कमलामाई नगरपालिकाको ४, ६, ७, १० र रानीचुरी गाविसको १ नं. वडाका जग्गाधीलाई उच्ति मुआब्जा दिनुपर्ने भन्दै यसअघि पटकपटक खिम्ती ढल्केभर २२० केभी विद्युत प्रसारण लाईन निर्माणमा अवरोध गर्दै आएका थिए ।

    स्थानियले प्रसारणलाइनको पोलका लागि जग्गा दिन अस्वीकार गर्दै आएका थिए । उनीहरुको अवरोधले डेढ वर्षमा सकिने आयोजना ६ वर्ष पुग्दा पनि सकिएको छैन् । प्रसारणलाईन निर्माणको जिम्मा पाएको भारतीय कल्पतरु पावर ट्रान्समिशन कम्पनीले निर्माणमा ढिलाई भएको भन्दै बारम्बार काम छाड्न चेतावनी दिदै आएको छ । सरकारले मार्च २०१३ सम्ममा काम सक्ने आश्वसन समेत दिएको थियो । सरकारले आश्वसन दिएपछि कम्पनी तयार रहेको भएपनि काम भने अझै सुरु हुन सकेको थिएन् । कम्पनीले सन् २०१३ मार्चभित्र आयोजना निर्माण सक्ने प्रतिबद्धता विश्व बैङ्कसँग व्यक्त गरेको थियो ।
    प्रसारणलाइन निर्माण गर्न कल्पतरु पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणबीत सन् २००६ मा ठेक्का सम्झौता भएको थियो । कल्पतरुले २००९ को फ्रेबु्रअरीमा प्रसारणलाइन बनाइसक्नुपर्नेमा पटकपटक अवरोध आएपछि यसको समय थपिँदै आएको छ ।

    स्रोत: कारोबार