Sanima Mai Hydropower distributing share

    1409

    Sanima Mai Hydropower Limited is going to distribut its 21,10,000 units IPO share to the general public .

    १५ कात्तिक, काठमाडौं ।

    Sanima_Mai_Hydropowerगैरआवासीय नेपालीद्वारा प्रवर्द्धित सानिमा माई हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको २१ करोड रुपैयाँको सेयर सर्वसाधारणलाई वितरण गरिएको छ ।
    उक्त सेयरका लागि २८ गुणा बढी अर्थात ६ अर्ब रुपैयाँको आवेदन परेको थियो । कम्पनीले एनसिएम मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।
    त्यसमध्ये कम्पनीले नियमानुसार ८४ लाखको सेयर कर्मचारी र १ करोड ५ लाखको सेयर सामूहिक लगानी कोषको समेतलाई छुट्याएको छ । सानिमा माईले असोज ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको थियो ।
    ६६ हजार ३ सय ३३ जना लगानीकर्ताबाट आवेदन प्राप्त भएकोमा ६५ हजार ७ सय ५२ जना आवेदन सदर भएका बिक्री प्रबन्धक एनसिएमले जनाएको छ ।
    आवेदकमध्ये साना लगानीर्ताले ३.६५ प्रतिशतका दरले सेयर पाएका छन् । ५० देखि २४० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाबाट न्यूनतम १० कित्ता दिने गरी कूल ४८ हजार ५ सय ५९ जना सेयर दिइएको छ ।
    साना लगानीकर्ताले ७ करोड ६८ लाख रुपैयाँको सेयर पाएका छन् । अन्य लगानीकर्त्ताले २.९७ प्रतिशतका दरले सेयर पाएका छन् । आवेदकमध्ये ५७ हजार ८ सय ५ जनाले सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ ।

    Source : Online Khabar