Raxaul-Parwanipur transmission line

    1715

    रक्सौल–परवानीपुर प्रसारण लाइन ओझेलमा

    फाल्गुन १४, २०७२- रक्सौल–परवानीपुर विद्युत् प्रसारण लाइन निर्माण ओझेलमा परेपछि सरोकारवाला चिन्तित बनेका छन् । यस सँगैको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन तयार भएर भारतबाट विद्युत् आयात हुन थालेको छ । तर, लामो समयदेखि चर्चामा रहेको रक्सौल–परवानीपुरको काम सुरु नहुँदा पर्सा–बारा औद्योगिक करिडोरका व्यवसायी चिन्तित बनेका हुन् ।

    सधैं विद्युत् संकट झेल्दै आएका करिडोरका उद्योग निर्वाध चलाउन तत्काल कम्तीमा सय मेगावाट विद्युत् आपूर्ति आवश्यक छ । उक्त प्रसारण लाइन निर्माण भए करिडोरको ऊर्जा संकट केही समाधान हुने आशामा उद्योगीहरू छन् । वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडिया भारततर्फ प्रसारण लाइनको कुनै समस्या नरहे पनि आफ्नै मुलुकतर्फ बढी समस्या रहेको बताउँछन् ।

    ‘यो प्रसारण लाइनका लागि भारतको रक्सौलस्थित लक्ष्मीपुर विद्युत् सबस्टेसनको नेपाली सीमासम्म भारतले करिब ४ किमि प्रसारण लाइन बनाउनुपर्छ,’ उनले भने, ‘बाँकी नेपालतर्फ सीमादेखि परवानीपुरसम्म करिब १० किमि प्रसारण लाइन बनाउनुपर्छ ।’

    स्रोत: कान्तिपुर