Projects in trouble in Dordi Corridor due to lack of transmission line

    1591
    Dordi Khola७ असोज । सरकारले समयमा ट्रान्समिसन लाइनको निर्माण नगर्दा लमजुङको दोर्दी करिडोरमा विद्युत खरिद सम्झौता (पिपिए) भएका २ आयोजना संकटमा परेका छन् । सो करिडोर अन्तर्गतको किर्तिपुरदेखि उदीपुरसम्मको झण्डै १४ किलोमिटर लामो प्रसारण लाइन सरकारले समयमा बनाउन नसक्दा पिपिए भइसकेका २५ मेगावाट क्षमताको अपर दोर्दी–ए र २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना समस्यामा परेका हुन् ।
    झण्डै १० करोडको लगानीमा १४ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्न सकिने भएपनि सरकारले यसप्रति कुनै चासो नदिएको प्रबद्र्धकहरुले गुनासो गरेका छन् । पिपिए भएका यि आयोजनाहरुले दोर्दी करिडोरमा प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरसँग छिटो भन्दा छिटो ट्रान्समिसन लाइन सर्भिस एग्रिमेन्ट अर्थात टिएसए गर्ने बताइएको छ ।
    लमजुङको जलविद्युत क्षेत्रमा मस्र्याङ्दीपछि दोश्रो संभावना बोकेकोे दोर्दी करिडोरमा यथाशिघ्र प्रसारण लाइन निर्माण भएमा त्यस क्षेत्रमा निर्माणाधिन र निर्माणका क्रममा रहेका १८ अर्ब लगानीका ४ आयोजना निर्माण हुने प्रवद्र्धक कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीले जनाएको छ । यि ४ आयोजनाको जडित क्षमता १ सय १२ मेगावाट रहनेछ । यस करिडोरमा २५ मेगावाट क्षमताकोअपर दोर्दी–ए, २७ मेगावाट क्षमताको दोर्दी, ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी र १०.३ मेगावाट क्षमताको लेड्को गरि चारवटा आयोजना रहेका छन् । यि मध्ये २५ मेगावाटको अपर दोर्दी–ए र २७ मेगावाटको दोर्दी खोला पिपिए भइसकेका छन् भने ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी र १०.३ मेगावाट क्षमताको लेड्को पिपिएको तयारीमा जुटेका छन् ।
    २०७३ असोजसम्म आयोजना निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको अपर दोर्दी–ए जलविद्युत आयोजना र सोही करिडोरमा रहेको २७ मेगावाटको दोर्दी खोला यतिबेला संकटमा परेका छन् ।  एकातिर ट्रान्समिसन लाइनको समस्या छ भने अर्कोतिर दोर्दी खोलामा निर्माणाधिन मोटरेवल पुल समयमा नबन्दा यि आयोजनाहरुले सास्ती खेप्नु परेको छ ।
    यसअघि अपर दोर्दी–ए जलविद्युत आयोजनाले आफ्नै लगानीमा किर्तिपुरदेखि उदीपुरसम्मको झण्डै १४ किलोमिटर लामो प्रसारण लाइन २०७३ भित्रै सक्ने बताएपनि त्यसको कुनैपनि प्रक्रिया शुरु नभएको बताइएको छ । आयोजनाले प्रसारण लाइनको निर्माणले विद्युत सङकट केही हदसम्म भएपनि समाधान हुने बताइएको छ । यसअघि प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जीले निर्माण सञ्चालन र हस्तान्तरण (बूट) मोडलमा १ सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न लागेको बताएपनि अहिलेसम्म कुनै कार्य अगाडी बढ्न सकेको छैन् ।
    जलविद्युत आयोजनाहरु निर्माण गर्नुभन्दा पनि प्रसारण लाइन निर्माण गर्नु निकै चुनौती कार्य हो । नेपालमा आवश्यकता अनुसारको ट्रान्समिसन लाइनको निर्माण गर्न नसकदा पिपिए भएका हजारौ मेगावाटका आयोजनाहरुले काम शुृरु गर्न नसकेको  सुपरदोर्दी जलविद्युत आयोजनाका प्रवद्र्धक केशवबहादुर रायमाझीले बताए ।
    विभिन्न आयोजनाका प्रवद्र्धकहरुले लमजुङमा तत्काल तीन स्थानमा विद्युत ट्रान्समिसन लाइन निर्माण गर्नुपर्र्ने आबश्यकता औल्याएका छन् । विद्युत प्राधिकरणले बनाउन लागेको उत्तरी क्षेत्रको खुदी टारीकुना-उदीपुर, पूर्वी क्षेत्रको किर्तिपुर-उदीपुर र पश्चिम क्षेत्रको भोर्लेटार-दमौली ट्रान्समिसन लाइन छिटो निर्माण गर्नुपर्ने भन्दै  विभिन्न आयोजनहरुले माग गरेका छन् । जिल्लामा २ सय मेगावाट भन्दा बढिको कनेक्सन सम्झौता भएपनि ट्रान्समिसन लाइनको अभावमा अड्किएर बस्नुपर्ने अवस्था रहेको प्रबद्र्धकहरुले गुनासो गरेका छन् ।
    Source : Karobar Daily