Power outage won’t worsen during repairs

    2433

    KalKATHMANDU: The repair work at Kaligandaki-A Hydro Project (144 MW)‚ the country’s largest hydro project‚ is starting from tomorrow night‚ however Nepal Electricity Authority has ruled out increased power outage to the existing 12 hours per day.

    The peaking project of six hours has been producing around only 50 MW electricity currently.

    Talking to this daily over telephone‚ NEA Load Dispatch Centre chief Bhuwan Kumar Chhetri said they would run both Kulekhani Hydro Project I and II in full capacity to compensate for loss in power production as a result of repairs at Kaligandaki Hydro Project.

    One of the two units at Kulekhani Hydro Project I had recently dysfunctional but it has been repaired. Chhetri further said‚ the water level is five metres higher than the last year this time‚ therefore‚ it won’t make any difference if the country’s only reservoir project runs in full capacity.

    The water level is 1‚525 metres at this time at Kulekhani. Kulekhani I produces 60 MW and Kulekhani II 30 MW.

    NEA said it would take eight to ten days to repair all three inlet valves as water leakage had reduced the production capacity.

    NEA Spokesperson Sher Singh Bhat said this was the appropriate time to repair the valves. The valves were eroded by sand over a long time.

    Source : The Himalayan Times

    ———————————————————————————————————————————————————————-

    कालिगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द – कुलेखानीलाई बढी समय चलाएर लोडसेडिङ बढ्न नदिइने

    काठमाडौं, १७ फागुन – कालिगण्डकी ‘ए’ जलविद्युत् आयोजना शुक्रबारदेखि बन्द गरिएको छ । मर्मतका लागि आयोजना बन्द गरिएपनि लोडसेडिङ भने नबढ्ने भएको छ ।
    नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशययुक्त विद्युत् आयोजना बढी समय सञ्चालन गरेर लोडसेडिङलाई यथास्थितिमा राख्न लागेको हो । हाल दैनिक १२ घण्टा लोडसेडिङ हुदै आएको छ ।
    विद्युत्गृहमा जाने मुख्य पाइपको भल्भमा खराबी आएपछि यसको मर्मतका लागि प्राधिकरणले आठ दिन आयोजना पुरै बन्दगर्न लागेको हो । जडित क्षमता १  सय ४४ मेगावाट भएपनि नदीमा जलप्रवाह घटेपछि पछिल्लो समयमा आयोजनाबाट ६० मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । आयोजना बन्द भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६० मेगावाट विद्युत् आपूर्ति घट्ने छ ।
    कुलेखानीलाई बढी समय चलाएर लोडसेडिङ यथास्थितीमा राखिने प्राधिकरण प्रसारण तथा प्रणाली सञ्चालन विभागका महाप्रवन्धक राजेश्वरमान सुल्पियाले बताए । उद्योगीहरूलाई विद्युत् खपत कम गर्न आग्रह गरिएको उनले जानकारी दिए ।
    “भारतबाट बिजुली निरन्तर आयात भइरहे र उद्योगीले विद्युत् खपत कम गरे लोडसेडिङ बढ्ैन, ”उनले भने, “ अब भारतबाट आयात घट्यो भने मात्र लोडसेडिङ बढ्न सक्छ ।” उनले कालिगण्डकी मर्मतका लागि कुलेखानीमा पानीको संचय गरिएको बताए । अहिले भारतबाट १ सय ५० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ ।
    प्राधिकरणले कुलेखानी आयोजना थोरै समय चलाएर पानीको संचय गर्दै आएको थियो ।  कुलेखानी जलाशयमा पानीको सतह अघिल्लो वर्षको भन्दा ५ मिटर बढी छ । गत वर्ष यही समयमा पानीको सतह १ हजार ५ सय २० मिटर थियो । कुलेखानी बढी समय चलाए पनि पानीको सतह दैनिक ३० सेन्टिमिटर घट्ने छ ।
    कालिगण्डकी सन् २००२ देखि सञ्चालनमा आएको हो । यो देशको ठूलो विद्युत् आयोजना हो । आयोजनामा एसियाली विकास बैंक(एडीबी), जापान बैंक अफ इन्टरनेस्नल कोअपरेसन(जेबीक) र नेपाल सरकारको लगानीे छ । आयोजनाबाट वार्षिक ८४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुन्छ । आयोजना पण्डेज रन अफ दी रिभर प्रकृतिको हो ।

    प्रस्तुति: कारोबार