दरमखोला जलविद्युत् आयोजना सुचारु

    1438

    गुल्मी । गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाबाट सोमवारदेखि अस्थायी रूपमा विद्युत् सेवा सञ्चालन भएको छ । पहिरोले बगाएको बाँध तथा नहर अस्थायी रूपमा मर्मत गरेसँगै विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । ८५ किलोवाट क्षमता भएको उक्त विद्युत् परियोजनाबाट नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ का गरी करीब ९ सय घरपरिवारले बिजुली बाल्न पाएका छन् ।

    विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यमलगायत विद्युुतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् । बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेकोे पहिरोले विद्युत् नहरको बाँध बगाएपछि ३ हप्तादेखि जलविद्युत् परियोजना अवरुद्ध भएको थियो । रासस