कुलमानले भने : ऊर्जा मन्त्रीसँग द्धन्द्ध छैन

    1474

    काठमाडौं÷ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीसँग कुनै द्धन्द्ध नरहेको दावी गरेका छन् ।

    कार्यकारी निर्देशक घिसिङले मंगलबार विज्ञप्ति निकाली ऊर्जा मन्त्री, श्रीमान् उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको प्रष्ट पारेका छन् । ‘अहिलेकोऊर्जा संकट समाधान गरी ऊज्यालो नेपालनिर्माणगर्ने,निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम माननीय ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढिरहेको छ’उनले उल्ललेख गरेका छन् ।

    दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामाआत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबैपक्षकोे सहयोगका घिसिङले आग्रह गरेका छन् ।