जलविद्युत आयोजनाको लाईसेन्स बिक्रीबारे संसदीय समितिको चासो

    1403

    मंसिर ११, २०७५ भारतीय निर्माण कम्पनी जिएमआरले माथिल्लो मस्र्याङ्दी २ जलविद्युत आयोजनाको लाइसेन्स चिनियाँ कम्पनिलाई बिक्री गरेको विषयमा प्रतिनिधि सभाको अर्थ समितिले चासो देखाएको छ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा सो विषयमा छलफल गर्न सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएको समितिले जनाएको छ । छलफलका लागि गभर्नर, लगानी बोर्डका कार्यकारी अधिकृत र अर्थ मन्त्रालयका कर सचिवलाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

    राष्ट्रिय गौरवका आयोजनाका लाइसेन्स होल्ड गरेर राख्दा मुलुकलाई आर्थिक क्षेत्रमा पर्ने असरका बारेमा छलफल गर्न लागिएको उहाँले बताउनुभयो । यस्तै महिला तथा सामाजिक समितिले कार्यप्रगतिका बारेमा छलफल गर्न तीन वटा संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएको छ । सिंहदरबारमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाती आयोगका पदाधिकारीलाई बोलाएको समिति सचिव ह्दयराम महर्जनले जानकारी दिनुभयो । तीन वटै आयोगका हालको कार्यप्रगति र आगामी योजनाका बारेमा छलफल गर्ने समितिले जनाएको छ ।

    स्रोत:कान्तिपुर