साँघुरिँदै कालीगण्डकी डयाम

    1802

    वैशाख १२, २०७४- कालीगण्डकी जलविद्युत् आयोजना ‘ए’ को ड्याम साँघुरिंदै गएको छ । स्याङ्जा र गुल्मी जिल्ला जोड्ने ग्रामीण सडक बिस्तारका कारण यस्तो भएको हो ।

    स्याङ्जाको मिर्मीदेखि गुल्मीको हर्मिचौर जोड्ने ग्रामीण सडकका कारण वर्षामा पहिरो जाने र हिउँदमा पनि सुक्खा पहिरो खस्ने भएकाले ड्याम साँघुरिँदै गएको स्थानीयले बताए । पहिरो रोकथाम प्रभावकारी नभएकाले मुलुककै ठूलो जलविद्युत् आयोजनाको उत्पादन क्षमतामा नै असर पर्दै गएको छ ।

    आयोजनाका अनुसार नदीको जलस्तर सन्तोषजनक भए पनि ड्याम साँघुरो हुँदै गएपछि विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन सकेको छैन । बर्सेनि नदीको कटानका कारण ड्यामस्थलको दायाँबायाँको भाग भत्किन पुगेको छ । ड्यामको करिब ५ सय मिटर माथिदेखि जमिन भाँसिएको छ । ‘आयोजनाको बाँध नै साँघुरिँदै गए पनि यसमा चासो पुगेको देखिँदैन,’ स्थानीय लोकेन्द्र थापामगरले भने । १ सय ४४ मेगावाटको आयोजनामा हाल उत्पादन ९६ मेगावाटमा झरेको छ ।

    स्रोत:कान्तिपुर