फेरि बढ्यो ईंन्धनको मूल्य

    1133

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल र मटीतेलको मूल्य ३ रुपैयाँ बढाएको हो । अब पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मटीतेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । ग्यास र हवाई इन्धनमा भने मूल्य बढाइएको छैन । निगमका अनुसार मूल्य बढाएपछि पनि मासिक नोक्सानी ५० करोड रुपैयाँ छ ।