More then 10 billion loss in Electricity distribution system alone

    1015

    विद्युत्‌क वितरण प्रणालीमा मात्र साढे १० अर्ब क्षति

    distribution_systemकाठमाडौं, जेष्ठ ६ – वैशाख १२ र त्यसपछि गएको भूकम्पबाट विद्युत् प्राधिकरणको वितरण प्रणालीमा करिब १० अर्ब ६८ करोड ३४ लाख रुपैयाँको क्षति पुगेको छ।

    यो क्षति प्राधिकरणको वितरण प्रणालीमा मात्र भएको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ। ‘प्रारम्भिक रिपोर्टबाट करिब १० अर्ब ६८ करोड ३४ लाख रुपैयाँको क्षति भएको देखिन्छ। क्षतिमा थपघट हुन सक्छ,’ निर्देशनालय प्रमुख रामचन्द्र पाण्डेले भने, ‘यो क्षति वितरण प्रणालीमा मात्र भएको हो।

    प्रसारण र उत्पादनमा भएको क्षति समेटिएको छैन।’

    निर्देशनालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार वितरण सञ्जाल, मिटर र मिटरजन्य क्षति करिब ५ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ छ। सबस्टेसनका उपकरण लगायतमा करिब ७ करोड ६५ लाख रुपैयाँ र भवनलगायत भौतिक संरचनामा करिब ३ अर्ब ७६ करोड ९४ लाख रुपैयाँको क्षति पुगेको छ।

    ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भूकम्पबाट ३९ जिल्लाको विद्युत् संरचनामा क्षति पुगेको बताए। त्यसमध्ये सिन्धुपाल्चोक, गोरखा, दोलखा र रसुवामा अत्यधिक क्षति पुगेको प्राधिकरणको भनाइ छ। निर्देशनालयको प्रतिवेदनअनुसार ३३ केभी प्रसारण लाइन २ सय ५४ दशमलव ४ किलोमिटर, ११ केभी प्रसारण लाइन ५ सय १ दशमलव ११ किलोमिटर र ० दशमलव ४ केभी प्रसारण लाइन १ हजार ३ सय ६७ दशमलव ६ किलोमिटर क्षति पुगेको छ।

    भूकम्पबाट कुल १९ हजार ८ सय पोलमा क्षति पुगेको छ। त्यसमध्ये १ हजार ८ सय पोल हाई टेन्सन र १६ हजार लो टेन्सन पोलमा क्षति पुगेको छ। कुल १ लाख ३९ हजार ७ सय २० सिंगल फेज र ३ हजार ७ सय ९६ थ्री फेज मिटरमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

    त्यस्तै भूकम्पबाट ११/० दशमवल ४/० दशमलव २३ केभी क्षमताका १ सय ५६ थान २५ केभीए, २ सय ३४ थान ५० केभीए, १ सय ५५ थान एक सय केभीए, ७६ थान २ सय केभीए, ९० थान १५ केभीए र २ थान ३ सय केभीए ट्रान्स्फर्मरमा क्षति पुगेको छ। ३३/० दशमलव ४ केभी क्षमताका २ थान २५ केभीए, ४ थान ५० केभीए र २ थान एक सय केभीए ट्रान्स्फर्मरमा क्षति पुगेको छ।

    प्राधिकरणको ८ क्षेत्रीय कार्यालयमध्ये काठमाडौं, पोखरा, हेटौंडा, जनकपुर र बुटवल क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतको वितरण प्रणाली र भवन लगायतका भौतिक पूर्वाधारमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। ‘विराटनगर, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालय र त्यस अन्तर्गतका वितरण प्रणालीमा मात्र क्षति पुगेको छैन,’ निर्देशनालय प्रमुख पाण्डेले भने।

    मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार प्रसारण प्रणालीमा भने भूकम्पबाट ठूलो क्षति पुगेको छैन। ‘स्युचाटारस्थित भार प्रेषण केन्द्रको नेपालभरको वितरण प्रणाली हेर्न र नियन्त्रण गर्न मिल्ने मोनिटर फुट्यो,’ उनले भने, ‘केही सबस्टेसनहरूमा क्षति भयो। तर ती सबै सञ्चालनमा आइसकेका छन्।’ प्राधिकरणले यस्तै अवस्थाका लागि तयार गरिएको ‘ब्याकअप’ सञ्चालनमा ल्याएर भार प्रेषण केन्द्र सञ्चालन गरेको थियो। त्यस्तै लैनचौर, बालाजु,

    टेकु र पाँचखालसहित ५ वटा सबस्टेसन पनि मर्मत गरी सञ्चालनमा ल्याइसकेको छ।

    उत्पादन प्रणालीमा पुगेको क्षतिको विवरण भने आउन समय लाग्ने प्राधिकरणले जनाएको छ। भूकम्पको पराकम्पनहरू निरन्तर गइरहेकाले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनामा कामदार र प्राविधिक छिर्न नमान्दा यस्तो अवस्था आएको हो। ‘कुलेखानीको जापानको निप्पोन कोई र कालीगण्डकी तथा मध्य मर्स्याङदीलगायत आयोजनामा जर्मनीको ल्हामेयर इन्टरनेसनलले अध्ययन गरिरहेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने।

     स्रोत: कान्त्तिपुर