
नेपाल बिद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माणगरि सँचालनमा ल्याएको छ ।ने.बि.प्रा. योजना तथा प्राबिधिक सेवा बिभाग अन्तरगतको बिस्तारित बिद्युत बितरण आयोजना र बितरण प्रणाली सुदृढीकरण आयोजनाको सँयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो । कालिगण्डकी जलबिद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आबास क्षेत्रको छेउमा साबिकको ईटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ ३३/११ के.भी. १.५ एम.भी.ए. क्षमताका दुई वटा पावर ट्रान्सफर्मर बाट लाईन बितरण गरिएको मा उक्तसबस्टेसनको स्तरोन्नती गरी ३३/११ के.भी., ६/८ एम.भी.ए. को पावर ट्रान्सफर्मर जडान गरिनुका साथै करिब १२ किलो मिटर ११ के.भी. लाईन समेत निर्माण गरिएको छ । २०६८ साल देखी उक्त स्थानमा एशियाली बिकाश बैङ्कको सहयोगमा सबस्टेसन निर्माण कार्यको थालनि गरिएतापनी उक्त ठेक्का लिएको भारतिय निर्माण कम्पनी अरावली ईन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उस्ले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको ईनर्जी प्याक ईन्जिनियरिङ लिमिटेडले पुरा गरेको हो ।हाल उक्त स्थानमा सँचालन गरिएको सबस्टेसन बाट स्याङ्जा को मिर्मी लगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मि जिल्लाको केही भाग, पर्बत जिल्लाको केही भाग लगायत रुरु क्षेत्रमा समेत बिद्युत सेवाको गुणस्तरमा सुधार र बितरण प्रणालीमा सहज भई करिब ९००० घर धुरीले गुणस्तरिय र भरपर्दो बिद्युत प्रयोग गर्न पाएको स्याङ्जा बितरण केन्द्रका प्रमुख ई. दिलिप मरासिनीले बताउनु भयो ।हाल उक्त नया सबस्टेसन बाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ के.भी. फिडरको लागी लाईन बितरण गर्ने सँरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक ईन्जिनियर दुर्गा दत्त सुबेदीले बताउनु भयो । उक्त सबस्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनी ले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माणकार्य जारी राखेको समयमा केही स्थानिय बासिन्दा बाट काममा रोकावट भई काम हुन नसकेको मा हाल उक्त स्थानमा कालिगण्डकी गाँउपालिका, स्याङ्जा बितरण केन्द्र र कालिगण्डकी जल बिद्युत केन्द्रको समन्वयमा उक्त नो लाईट भबनको बाँकी काम समेत अबको १ महिना भित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडी बढाईएको आयोजना प्रमुख बोधराज ढकालले बताउनु भयो ।