अरुण तेस्रो जलविद्युत् आयोजना सिलान्यास हुने भएपछी स्थानीयहरु हर्षित

    1275

    संखुवासभा २७ बैशाख । भोलि देखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकै क्रममा संखुवासभाको मकालु गाउँपालिकामा पर्ने नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सिलान्यास हुदैछ ।

    पाँच वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेसँगै स्थानीयहरु हर्षित बनेका छन् । एक सिलन्यास नभएपनि संखुवासभाको मकालु गाउँपालिकामा पर्ने नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण काम धमाधम भइरहेको छ ।

    सिलन्यास नभएपनि अरुण तेस्रो आयोजना निर्माणको काम अघि बढाईएको हो । बैसाख २८ गते नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो आयोजनाको सिलन्यास गर्ने कार्यक्रम तय गरिएको छ । सिलन्यासको काम थाती राखेर निर्माणको प्रक्रिया भने अघि बढाईएको छ । अरुण तेस्रो निर्माणको काम सुरु भएपछि प्रभावीत क्षेत्रका स्थानीयपनि निक्कै खुसी देखिन्छन् ।

    नुमको फ्याक्सिन्दाबाट पावरहाउस निर्माणस्थल दिदिङको पुखुवा जाने झन्डै पाँच किलोमिटर सडक निर्माणको काम जारी छ । सतलजले अहिले निर्माणका लागि आवश्यक उपकरण नेपाल भित्राइरहेको छ । पूवाधारको काम तीब्र गतिमा भएकाले अब चाँही अरुण तेस्रो बन्नेमा

    आयोजनाले दुई सय ६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ ।

    Source: Himsikhar