राजधानीकाे झिलिमिली हेर्न चन्द्रागिरि हिल्स पुगे कुलमान घिसिङ

1715

कात्तिक ११, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा धुमधामका साथ मनाइरहँदा तीन वर्ष यता लाेडसेडिङ समेत हुन छाडेकाे छ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा घरलाई फूल र बत्तिले झिलिमिली पारेर सजाइन्छ । हरेक वर्ष लक्ष्मी पुजाका दिन अत्याधिक विद्युत खपत हुने गर्दछ ।

राजधानी लगायत उपत्यका तिहारकाे समयमा अन्य दिनभन्दा उज्यालो बन्ने गर्छ । कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरूले केही वर्ष यता उज्यालोको पर्व मानिने तिहारमा मनग्गे विजुली बत्ति बाल्न पाइरहेका छन् । र, यसकाे श्रेय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ दिने गरिन्छ । र, मुलुकलाइ नै लाेडसेडिङ मुक्त बनाउने श्रेय पनि उनैलाइ जान्छ ।

तत्कालिन उर्जामन्त्री जर्नादन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो बनाइदिएपछि तिहारको रौनक थप बढेको छ । यतिबेला काठमाडौँ उपत्यकाका नजिकैका डाँडा पुग्ने हो उज्यालो काठमाडौँ झिलिमिली बनेको मनमोहक दृश्य हेर्न पाइन्छ ।

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि नहुने नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। उनले यसअघि नै भनेका थिए ‘तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्।’

नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजधानीकाे झिलिमिली र उज्यालो हेर्न चन्द्रागिरि हिल्स पुगेका छन् । वेलुका साँझ पुगेका घिसिङ राजधानीको झिलिमिली र तिहारकाे राैनकमा मजाले भुले । उनकाे मनमा साँचिकै लाेडसेडिङ्ग मुक्त राष्ट्र बनाउने काममा सफलता मिलेकाे सन्ताेष थियाे ।

चन्द्रागिरि डाँडाबाट झिलिमिली राजधानी हेर्न कुलमानसँग चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाह पनि खुशी देखिन्थे ।

स्रोत : मकालु टाइम्स