लाङटाङ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर

    1047

    काठमाडौँ — रसुवामा निर्माण हुने लाङटाङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । २० मेगावाटको आयोजनामा ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने भएका छन् ।

    सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र जनता बैंकले आयोजनामा लगानी गर्ने भएका हुन् । बुधबार बैंक र आयोजनाबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।आयोजना मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।

    आयोजनाका लागि करिब ४ अर्ब ५ करोड लगानी अनुमान गरिएको छ । आयोजनाको लागि सेयरबाट १ अर्ब ३२ करोड संकलन गर्ने तयारी छ ।

    आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइनलगायत मुख्य संरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स (सीडब्लूटीडब्लु) सँग ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

    आयोजना २०७७ पुसमा पूरा हुने अनुमान छ ।