अपर तामाकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    1212

    भदौ २०, काठमाडौं (अस) । अपर तामाकोशीको पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने  आज बिहीवार (भदौ २१) अन्तिम दिन रहेको छ ।

    कम्पनीले साउन १६ गतेदेखि स्थानिय वासिन्दाको लागि १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । स्थानिय वासिन्दाले न्यूनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले भदौ १४ गतेसम्मका लागि आवेदन दिने समय तोकेकोमा आवेदकहरुको अत्यधिक चापको कारण आवेदन दिने समयावधि थप गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रको वासिन्दाको शेयर बाँडफाँट पछि, दोस्रो चरणमा सर्वसाधारण शेयरधनीहरुको लागि निष्कासन गर्नेछ । सर्वसाधारणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सर्वसाधारणले भने न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । इत्रा नेपालले कम्पनीको यो आईपीओ लाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाउँछ ।

    धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सह निष्कासन तथा विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

    स्रोत: अभियान