विद्युत् लाइन विस्तार

2525

मंसिर २४, २०७६

नेपालगञ्जबाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत् प्रसारण लाइन विस्तारको काम सुरु भएको छ । ठेकेदारको ढिलाइका कारण लामो समयसम्म रोकिएको १३२ केभीको प्रसारण लाइन विद्युत्को खम्बा गाडेर विस्तारको काम सुरु गरिएको हो । बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाडदा बस्तीमा विद्युत् सेवा पुगेको थिएन ।

गाउँमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुवात भएपछि स्थानीयहरू खुशी भएका छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पार्वती पुन उषाले पोल गाड्ने कार्यको शिलान्यास गरिन् । राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुइमा एक वर्षभित्र काम सक्ने गरी विद्युत् लाइन विस्तारको ठेक्का रेणु निर्माण कम्पनीलाई दिइएको छ । निर्माण कम्पनीका प्राविधिक भरतबहादुर खत्रीले एचटी लाइन १५ दशमलव दुई किलोमिटर र एलटी लाइन १६ किलोमिटर विस्तार गरिने जानकारी दिए ।

 

 

स्रोत:कारोबार