इस्ट्रन हाइड्रोको ९८ प्रतिशत काम सम्पन्न

1316

भोजपुर-भोजपुरको पिखुवा खोलामा निर्माण भइरहेको इस्ट्रन हाइडो«पावर जलविद्युत् आयोजनाको निर्माणकार्य ९८ प्रतिशत सम्पन्न भएको छ । ५ मेघावाट क्षमताको इस्ट्रन हाइडो«पावर जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकिएपछि अन्तिम चरणमा पुगेको छ । पिखुवा खोलामा निर्माण भइरहेको इस्ट्रन हाइडो«पावर जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । जिल्लाको हालसम्मकै सबैभन्दा बढी ५ मेघावाट क्षमताको जलविद्युत् आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी भएको आयोजनाले जनाएको छ ।
जलविद्युत् आयोजना करिब एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ । आयोजना ०७६ असार मसान्तसम्म सकिने सम्झौता भए पनि चालू आवको फागुन अन्तिममा सक्ने लक्ष्य आयोजनाले राखेको छ । विवादका कारण लामो समय बन्द रहेको हाइड्रो पावरको डेढ वर्षमै ९८ प्रतिशत काम सम्पन्न भएकोे हो ।

आयोजनाको फेब्रिकेसन मुहान बाँधको निर्माणको काम भइरहेको छ । आयोजनाको विद्युत्गृहदेखि मुहानसम्मको ४ किमि एड्रेस पाइप बिछ्याउने, टरबाईन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा पुगेको इस्ट्रर्न हाइड्रो पावरका इन्जिनियर रोशन साहले बताए । उनले भने, “निर्माणकार्य ९८ प्रतिशत सम्पन्न भएको छ, हामीले यसलाई निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर विद्युत् वितरण सुरु गर्ने लक्ष्य लिएका छौं ।”
०६२ सालमा तात्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा २.५ मेघावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौता सर्भे गरिएको थियो । ०६७ सालबाट आयोजनाको निर्माणकार्य सुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्पलगायत कारण कामले गतिलिन सकेको थिएन ।
०७२ सालको अन्त्यतिर आयोजनाको विद्युत् क्षमता बढाएर ५ मेघावाट पु¥याएपछि निर्माणकार्यले तीव्रता पाएको जनसम्पर्क अधिकृत दिपेन राईले जानकारी दिए । राईले भने, “नाकाबन्दी, भूकप्प, सडक आपसी विवादलगायतले विगतमा वर्षमा काममा ढिला भएको थियो तर अहिले तीव्रताका साथ काम भइरहेको छ, आगामी फागुनको दोस्रो साताबाट विद्युत् बाल्ने तयारीमा छांै ।” केन्द्रीय प्रसारण लाइनमा जोड्नको लागि तार टांगने काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।
आयोजनाले प्रभावित स्थानीयका लागि माघमा १० प्रतिशत सेयर खुल्ला गर्ने जनाएको छ । प्रभावित क्षेत्रका स्थानीयले हाइड्रोपावरको कुल एक अर्ब २० करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित क्षेत्रका लागि कुल ६ करोड २० लाख बराबरको सेयरसमेत खुल्ला गर्ने जनाएको छ ।

स्रोत : कारोबार