Dudhkoshi II Hydro EIA report published

    1214

    दूधकोसी दोस्रोको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक

    २ सय ३० मेगावाट क्षमताको दूधकोसी–२ जलेश्वर जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ ।सोलुखुम्बुको देउसा र जुबुको सीमाबाट बाँध तथा खोटाङको जलेश्वरी–४ देम्लिटारमा पावरहाउस रहने दूधकोसी दोस्रोको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    सुरु गरिएको पाँच वर्षमा पूरा हुने भनिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन जलेश्वरीको देम्लिटारमा कार्यक्रम गरी प्रभावित क्षेत्रका स्थानीय, जिल्लास्थित राजनैतिक दल, जिविस, वन कार्यालयका प्रतिनिधिको उपस्थितिमा सार्वजनिकीकरण गरिएको छ । १ सय ४ मिटर लम्बाइ र ४२ मिटर उचाइको बाँधबाट पाँच किलोमिटर लामो भूमिगत हेडरेस सुरुङमार्फत देम्लटारमा दूधकोसीको पानी खसाइने

    दूधकोसी जलविद्युत प्रालिका निर्देशक जनकराज खनालले बताए । नेपाल सरकारको इन्भारोन्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालि र भारतको आरएस इन्भाइरोलिंक टेक्नोलोजिज प्रालिले संयुक्त रूपमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो ।

    प्रतिवेदनमा आयोजनाको निर्माण क्षेत्रको भू–वनोट, भू–गर्भ, मौसम, जलप्रणाली, भू–उपयोग, जमिनको स्थिरता, नदीमा थिग्रने पदार्थको अवस्था, हिमताल फुटेर बाढी आउन सक्ने सम्भावनालगायतका विषयहरु समेटिएका छन् ।

    स्रोत : राजधानी