सरकारले किन्यो पहिलो विद्युतीय कार

    1751

    राष्ट्रिय योजना आयोगमा चार्जिङ स्टेसन

    १४ पुस, काठमाडौं । राष्ट्रिय योजना आयोगले इलेक्ट्रिक कार खरिद गरेको छ । यो सरकारी स्रोतबाट खरिद गरिएको पहिलो विद्युतीय सवारी साधन भएको आयोगको भनाइ छ ।

    आयोगका उपाध्यक्ष स्वणिर्म वाग्लेका अनुसार यसअघि विदेशी सहायतामा सरकारलाई विद्युतीय सवारी साधन उपलब्ध भएको थियो । अहिले भने सरकारी खर्चमै खरिद गरेको हो, जसको मूल्य ६० लाख रुपैयाँ परेको छ ।

    विद्युतीय सवारी साधन चार्ज गर्न आयोग परिसरमा चार्जिङ स्टेसनसमेत जडान गरिएको छ ।

    वाग्लेले भने, ‘बढ्दो व्यापार घाटा कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्नेछ । यसको शुरुवात सरकारले नै गर्नुपर्छ भनेर हामीले सवारी किन्दा विद्युतीय रोजेका हौं ।’

    आयोगले बीवाईडी कम्पनीको ई-सिक्स-४०० मोडेलको कार खरिद गरेको हो । उक्त कार चार्ज गर्न दुई घण्टा लाग्छ, जसबाट चार सय किलोमिटरको माइलेज दिन्छ ।

    नेपालमा विद्युत उत्पादन बढ्दो क्रममा छ । धेरै आयोजना निर्माणाधीन छन् । तामाकोशी जलविद्युत आएसँगै वषर्ायाममा उत्पादित बिजुली घरेलु मागभन्दा बढी हुनेछ ।

    विद्युत प्राधिकरणले पनि विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्ने नीति लिएको छ ।

    आयोगले खरिद गरेको कारको ब्याट्री ‘नन-टक्सिक’ रहेको कम्पनीको दाबी छ । त्यसले वातावरणमा कुनै असर नपार्ने कम्पनीको भनाइ छ ।

    कारको उद्घाटनमा पुगेका सांसद रविन्द्र अधिकारीले अब स्वदेशमै यसखाले कारको उत्पादन थाल्नुपर्ने बताए । त्यसबाट व्यापार घाटा कम हुने मात्र नभई रोजगारीको अवसर पनि सिर्जना हुने सांसद अधिकारीको भनाइ छ ।

    -अनलाइनखबर