CNI’s EDC has been reconstitued

    1422

     Confederation of Nepalese Industries (CNI) – Energy Development Council (EDC) has been reconstituted

    CNI_Banner

    Monday, 01 September 2014 13:13
    निजी क्षेत्रको माध्यमबाट नेपालमा जलश्रोत, विद्युत र उर्जा विकासको लागि विभिन्न माध्यमबाट आवश्यक पहल, नितीगत एवं कानूनी पैरवि गर्ने सहितका कार्यक्रम आयोजना गर्ने उद्देश्यले परिसंघ अन्तर्गत गत २०६८ सालमा गठित उर्जा विकास परिषद (Energy Development Council) को पुर्नगठन तथा हेरफेर गरिएको छ ।

    उक्त निर्णय नेपाल उद्योग परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार बस्न्यातको अध्यक्षतामा भाद्र १६ गते वसेको परिसंघको पदाधिकारी समिति र उर्जा विकास परिषद (CNI-EDC) का सदस्यहरुको संयुक्त वैठकबाट भएको हो ।

    पुर्नगठित उर्जा विकास परिषदको संयोजकमा परिसंघका उपाध्यक्ष अनुज कुमार अग्रवाल रहनु भएको भएको छ भने सहसंयोजकमा स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (IPPAN) ले तोकेको पदाधिकारी रहने व्यवस्था छ । परिषदका अन्य सदस्यहरुमा, अनिल ज्ञवाली (Nabil Bank), आशिष गर्ग (ESSEL Clean Solution Hydro Power (P) Ltd.), आशिष शर्मा (Siddhikali Power Ltd.), बर्षा श्रेष्ठ (Clean Energy Development Bank Ltd.), आनन्द सुवेदी (IPPAN), महेश प्रकास श्रेष्ठ (Himalayan Infrastructure Ltd.), निवार्ण चौधरी (CG Energy and Infrastructure), राम प्रसाद धिताल (AEPC), रत्नराज बज्राचार्य (Global IME Bank Ltd.), किशोर रिमाल (Gham Power), सन्दिप शाह (Stat Craft), रहनु भएको छ । यसै गरि Transweld Nepal (P) Ltd., Nepal Hydro Power Association, Butwal Power Co Ltd. तथा Gandaki Engineering का प्रतिनिधि समेत उक्त परिषदको सदस्य रहने व्यवस्था छ ।

    परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरी समेतको उपस्थितिमा सम्पन्न उक्त वैठकले उर्जा क्षेत्र संग संबन्धि वर्तमान समयमा देखिएका वृहद समस्या (Issues) जस्तै PDA, PTA लगायतका उच्चस्तरीय कार्यक्रम भाद्र मसान्त अघि नेपाल उद्योग परिसंघ उर्जा विकास परिषद (CNI-EDC) तथा IPPAN ले संयुक्त रुपमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।

    साथै CNI-EDC को संलग्नता देखाई यही भाद्र १९ गते विहिवार हुने भनिएको नेपाल भारत उर्जा व्यापार संझौता (Nepal India Power Trade Agreement) सम्बन्धि कार्यक्रममा नेपाल उद्योग परिसंघ–उर्जा विकास परिषद CNI-EDC को कुनै संलग्नता नभएको जानकारी समेत सदस्यहरुलाई गराईएको छ ।

    Source : CNI