Chilime Hydro Started after 19 days

    1072

    १९ दिनपछि चिलिमे सञ्चालनमा

    chilimeकाठमाडौं/ भूकम्पका कारण बन्द रहेको चिलिमे जलविद्युत् केन्द्रले बिहीबारबाट विद्युत् उत्पादन सुरु गरेको छ । चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले २२ मेगावाटको आयोजनाले ११ मेगावाट उत्पादन सुरु गरेको जानकारी दिए । ‘भूकम्पले गर्दा विद्युत् गृहका उपकरण बन्द गर्न नसकिएकाले सिस्टम रिस्टोर गर्न समस्या परेको थियो, ११–११ मेगावाटका दुई युनिटमध्ये बिहीबारबाट एक युनिट सञ्चालनमा आएको छ,’ सिइओ सिवाकोटीले भने । उनले अर्को युनिट पनि एक–दुई दिनभित्रमै सञ्चालनमा आउने जानकारी दिए । १२ वैशाखको भूकम्पले चिलिमेको विद्युत् गृह स्यापु्रmबेसीदेखि नुवाकोटको त्रिशूलीसम्मको प्रसारण लाइन बिग्रिएको थियो । विद्युत् प्राधिकरणले प्रसारण लाइन २३ वैशाखमै मर्मत गरेको थियो । ‘प्राधिकरणले प्रसारण लाइन मर्मत गरे पनि हामीले विद्युत् उत्पादन सुरु गर्न सकेका थिएनौँ, धेरै प्रयासपछि एउटा युनिट चलाउन सफल भयौँ,’ सिवाकोटीले भने । चिलिमे विद्युत् प्राधिकरणको ५१ प्रतिशत संस्थापक सेयर रहेको कम्पनी हो । त्यस्तै, प्राधिकरण तथा कम्पनीका कर्मचारीको २५ प्रतिशत, सर्वसाधारणको १४ प्रतिशत र आयोजनास्थल रसुवावासीको १० प्रतिशत सेयर छ । कम्पनीको अगुवाइमा दुई सय ७० मेगावाटका चार आयोजनाको निर्माण भइरहेको छ ।

    स्रोत: : नयाँ पत्रिका