Blocked Khimti-Dhalkebar Transmission Line project will started

    1352

    trl-electricity खिम्ती– सिन्धुली–ढल्केबर २ सय २० किलोभोल्ट(केभी) प्रसारण लाइनको निर्माण कार्य पुनः सुचारु हुने भएको छ। निर्माणकार्य सुचारु गर्न आयोजना र जिल्ला प्रशासनबीच आन्तरिक छलफल भइरहेकाले अब छिट्टै निर्माण कार्यलाई अगाडी बढाइने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ। नेपाल सरकार गृह मन्त्रालयले सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको पत्रपत्रिकामा आएपनि आधिकारिक पत्र नआएको र पत्र आएमा सुरक्षा व्यवस्था मिलाएर निर्माणकार्य अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए। ‘हामी सुरक्षा व्यवस्था मिलाउनकै लागि बसेका हौ, सुरक्षा दिन तयार छौं,’ उनले भने।

    सन् २००२ मा आयोजनाको निर्माण सम्झौता भई सन् २००६ मा टेन्डर भएर निर्माण कार्य थालिएको प्रसारण लाइनको हालसम्म काम पुरा हुन सकेको छैन। सन् २०११ मै सक्नुपर्ने गरी सम्झौता भएको आयोजना पटकपटक स्थानीयले मुआब्जाको विषयलाई लिएर विरोध गरेकाले हालसम्म सम्पन्न हुन नसकेको आयोजनाका प्रतिनिधि श्यामकुमार यादबले बताए। बैशाख पहिलो साताबाट कान काम सुचारु हुने उनले संकेत गरे।

    उता मुआब्जाको विषयलाई लिएर संघर्ष गर्दै आएको संघर्ष समितिले आन्दोलन नछाड्ने अडान लिएको छ। ‘हाम्रो पहिलो माग डाइभर्सन हो, डाइभर्सन सम्भावना नभए प्रसारण लाइनले क्षती पु¥याउने जतिको मुआब्जा चाहिन्छ,’ झन्डै पाँच बर्षदेखि संघर्ष गर्दै आएका संघर्षसमिति अध्यक्ष सुरेन्द्रश्वर मोक्तानले नागरिकसँग भने।

    आयोजनाको बातावरण हेर्ने विभागले ५ सय मिटरसम्म क्षति पु¥याउने उल्लेख गरेको भन्दै स्थानीयले ५ सय मिटरको मुआब्जा पाउनुपर्ने अडान राखेका छन्। तर आयोजनाले भने दुबै अब माग पूरा नहुने बताएको छ। ‘बार्गेनीङ गरेर मुआब्जा पाइंदैन, आयोजनाका यादबले नागरिकसँग भने–’निश्चित मुआब्जा १५–१५ मिटर दायाबायाँ दिइसकेका छौं, झन्डै ७५ प्रतिशतले मुआब्जा लिइसके।’ उनले अब डाइभर्सन गर्न नसकिने जनाए । डाइभर्सन गर्नेतिर लागे अझै पाँच वर्ष आयोजनाको काम पूरा नहुने उनको भनाइ छ । तत्काल काम अगाडी बढाउन सकेमा ६ महिनामा पुरै काम सकिने यादबले बताए ।

    आयोजनाको झन्डै ९० प्रतिशत बढी काम पुरा भइसके पनि ६ ओटा कमलामाई नगरपालिका र रतनचुरा गाविसमा एउटा टावरको काम स्थानियको अवरोधले बाँकी रहेको छ । आयोजना पुरा नभए दोलखा रामेछापमा उत्पादन भएको विद्युत खेर जाने संम्भावना रहेकाले जतिसक्दो आयोजना पुरा गर्नुपर्ने आयोजनाको भनाई छ ।

    स्थानियले अवरोध गरी आयोजनाका सम्बन्धमा विश्व बंैकमा उजुरी दिएको र विश्व बैंकले पाँच महिना अगाडि नै त्यसको प्रतिवेदन सार्वजानिक गर्ने भनेपनि हालसम्म प्रतिवेदन सार्वजानिक नगर्दा समस्या उत्पन्न भएको प्रशासनको ठम्याइ छ ।

    पटक पटकको स्थानीयको अवरोध देखेपछि जिल्लाका राजनीतिक दलसमेत स्थानीयबाट दिक्क भइसकेका छन् । स्थानीय बासिन्दाले २०६७ सालबाटै आयोजनाको काममा पटक पटक अवरोध गर्दै आएका छन् । अबरोध भन्दापनि सहमती गरेर आयोजनाको काम अगाडी बढाइनुपर्ने नेपाली काँग्रेसका जिल्ला सचिव उपेन्द्र पोखरेल बताउँ छन् ।

    ‘साच्चै मर्कामा पर्ने स्थानीय छन् भने उनीहरुलाई मुआब्जा दिन आयोजनाले पनि पुनःमूल्याङ्कन गर्नुपर्छ,’ उनले भने, ‘आयोजनाको कामचाहिं अवरोधभन्दा बढी अगाडी बढाउनेतर्फ लाग्नुपर्छ।’ देश लोडसेडिङको मारमा परेको बेला यो प्रसारण लाइनको काम अब विना अबरोध अगाडी बढे सिन्धुली जिल्ला लोडसेडिङ मुक्त गर्ने प्रजिअ पोखरेले प्रतिबद्धता जनाए ।

    स्रोत: नागरिक