नेशनल हाइड्रोपावरको साधारणसभा आज शुक्रवार हुँदै

    1436

    नेशनल हाइड्रोपावर कम्पनीको २१ औं वार्षिक साधारणसभा शुक्रवार आज हुने भएको छ । सो सभा गोदावारी अल्मोनाई एशोसिएशनको सभाहल, ठमेल, काठमाडौंमा बिहान ११ बजे हुँदैछ । सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र लेखा परीक्षकको नियुक्ती साथै पारिश्रमिक निर्धारण गर्ने रहेका छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

    स्रोत:अभियान