Agitating workers of Upper Trishuli withdraw protests

    1472

    TRISHULI, Feb. 14: The workers of Upper Trishuli Hydropower Project Third ´A´ have withdrawn their agitations from today after the contractor agreed to meet the workers´ demands within a week.

    The workers agreed to return to work after the China Gezhouba Group Company Ltd, the contractor of the project, promised to meet the agitating workers´ demands within a week, said Chandra Bahadur Tamang, a worker in the project.

    The workers were obstructing the construction works for three days putting different demands including wage hike, facilities of government leave and others.

    The 60 MW project is being constructed in Trisuli river where the dam lies in Dandagaon VDC of Rasuwa and powerhouse in Manakamana VDC of Nuwakot district.

    The run of the river project is being developed at the cost of US dollars 89 million.

    Source : RSS

    ——————————————————————————————————————————————————————–

    रसुवा, ३ फागुन – माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा नेपाली मजदुरले विभिन्न माग राख्दै आयोजनाको काम दुई दिनदेखि ठप्प पारेका छन् । लामो समयदेखि नेपाली मजदुरलाई चिनियाँ मजदुरले कुटपिट गर्दै आएको तथा श्रमअनुसार ज्याला नदिएको भन्दै नेपाली कामदारले आयोजनामा काम नगरी आन्दोलनमा उत्रेका छन् ।
    आयोजना पक्षले आफ्नो माग सम्बोधन नगरेपछि आन्दोलनमा उत्रनुपरेको मजदुर चक्रबहादुर तामाङले बताए । “हामीलाई चिनियाँ ठेकदार कम्पनी गेजुवा ग्रुप कम्पनीले हेपाह दृष्टिकोणबाट हेर्छ,” उनले भने, “हामी र चिनियाँहरू बराबरी काम गर्छौं, तर हाम्रो ज्याला मासिक ९ देखि १२ हजार छ भने उनीहरूको १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म छ ।”
    नेपाली मजदुरले ज्याला वृद्धि साथै नेपाली मजदुरमाथिको हेपाहा प्रवृत्तिको अन्त्य, थप कामअनुसारको भत्ता तथा सरकारी बिदाको सुविधा पाउनुपर्नेलगायतका विभिन्न माग राख्दै दुई दिनदेखि आयोजनाको काम अवरुद्ध गरेका छन् ।
    चिनियाँ मजदुरहरूले आफ्नो निगरानीमा बस्नुपर्छ भन्दै नेपाली मजदुरलाई कुटपिट गरेपछि आयोजनास्थलमा तनाव भएको थियो ।
    आयोजनामा मजदुरहरूले राखेको मागको विषयमा आफूहरूले छिट्टै ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना प्रमुख गोपालबाबु भट्टराईले बताए ।
    “चिनियाँ मजदुर र नेपाली मजदुरलाई मिलाएर छिट्टै आयोजनाको कामलाई सुचारु गर्न लागिपरेका छौं,” भट्टराईले भने ।
    चिनियाँ पक्षले बुधबार पनि नेपाली मजदुरलाई आन्दोलन गरेको भन्दै कुटपिटको प्रयास गरेपछि नेपाली मजदुरहरू आयोजना स्थल मनकामना गाविस वडा नं. ९ सिम्लेमा सडक बन्द गरी बसेको आन्दोलनकारी मजदुर चन्द्रबहादुर तामाङले जानकारी दिए । माग पूरा नभएसम्म आयोजनाको काम सञ्चालन हुन नदिने चेतावनी मजदुरहरूले दिएका छन् ।  नेपाली मजदुरको मागमा स्थानीयले पनि साथ दिएका छन् ।
    हाल माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा ४४ नेपाली मजदुर कार्यरत छन् । नेकपा माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले दुई साताअघि पनि आयोजना निर्माणमा संलग्न नेपाली कामदारहरूलाई कम पारिश्रमिक दिने गरिएको, घाइते तथा अशक्तलाई राहत तथा उपचार खर्चको व्यवस्था नभएको, समयमै तलब–भत्ता दिने नगरिएको, मजदुरहरूको जीवन बिमा नभएको जस्ता माग राखेर महासंघले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको थियो । ।
    डाँडागाउँको मैलुङमा बाँध बाँधेर ४ हजार ९३ मिटरको सुरुङमार्ग हुँदै नुवाकोटको मनकामना गाविस वडा नं. १  अर्चेलेमा विद्युत्गृह निर्माण हुनेछ । सन् २०११ मा निर्माण सुरु भएको यो आयोजना सन् २०१६ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।
    प्रस्तुति:कारोवार