तल्लो मोदीको निर्माणकार्य तीव्र – २ सय मिटर सुरुङ खनियो

    1367

    पर्वत, ३ फागुन – पर्वतको दुर्लुङ्ग गाविस–१ बाट सुरुङ निर्माण थालेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ । आयोजनाको पहिलो चरणको कार्यअन्तर्गत पहिलो अडिटको काम सकेर २ सय मिटर सुरुङसमेत निर्माण भएको छ ।
    निजी क्षेत्रको मनाङ टे«ड लिङ्कले निर्माण गरिरहेको आयोजनाको करिब ४.५ किलोमिटर लामो सुरुङलाई चार भागमा ब“ँडेर खन्ने काम सुरु गरिएको आयोजनाले जनाएको छ । पहिलो अडिटबाट सुरु भएको कार्यमा १ सय ८१ मिटर अडिटको काम सकेर ३२ मिटर सुरुङसमेत निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रबन्धक पवन यादवले जानकारी दिए ।
    कडा चट्टानबाट सुरुङ बनाउनुपर्ने भएकाले केही समस्या भए पनि दैनिक २ देखि ४ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको आयोजनाका भूगर्भविद् अनिल पुडासैनीले जानकारी दिए ।
    सुरुङ निर्माणमा लागि विस्फोट गराएर मात्र काम गर्नुपर्ने भएकाले धेरै काम हुन नसकेको आयोजनाले जनाएको छ ।
    पर्वतको चुवा, तिलाहार, दुर्लुङ, बाजुङ तथा देउपुर गाविसमा निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य सन्् २०१५ अक्टुबर सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । करिब ३ अर्ब ६० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माणको लागि नेपालका ४ घरानाका उद्योगीहरूले लगानी गर्न लागेका हुन् । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकलगायत अन्य ११ बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिसके पनि कुन बैंकले कति लगानी गर्ने भन्ने यथार्थ विवरण भने आइ नसकेको बताइएको छ ।
    आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणस“ग विद्युत् खरिद सम्झौता गरेको थियो । निर्माणकार्यस“गै प्रभावित क्षेत्रका सरोकारवालाहरूस“गको सहकार्य स“गै निर्माणकार्यलाई अघि बढाइएको प्रबन्धक यादवले जानकारी दिए । उनले स्थानीयको माग सम्बोधन गर्दै निर्माण कार्य तीव्र पारिएको बताए । अडिट नम्बर १ को निर्माणकार्य सँगै पर्वतको बाजुङ गाबिस– २ भ्याप्ले स्थित प्रवेश मार्ग(अडिट नं २) को निर्माण कार्य पनि मंसीरको अन्तिम साताबाट सुरु गरिएको थियो । आयोजनाको ४.५ किलोमिटर लामो सुरुङ ४ दशमलव ६५ मिटर चौडाइ र त्यति नै उचाइको छ ।  सुरुङलाई चार भागमा बाँडेर निर्माण थालिएको आयोजना प्रमुख प्रवीण श्रेष्ठले बताए ।
    आयोजनामा केएल दुगड ग्रुपका कुमुद दुगड, मुरारका ग्रुपका पशुपति मुरारका, नन्दकिशोर मुन्डारा र हाइड्रो सोलुसनका ज्ञानेन्द्राल प्रधानले लगानी गरेका छन । मुलुकका ठूला औद्योगिक तथा व्यापारिक घरानाले लगानी गरेको यो आयोजना पहिलो भएको कार्यकारी निर्देशक ज्ञानेन्द्रलाल प्रधानले बताए ।

    प्रस्तुति: कारोवार