लिपिङ खोलामा उत्पादित विजुली खरिद गर्न प्राधिकरण र हिमरिभरबीच पीपीए

    1867

    नेपाल र चीनको सीमा नजिक सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ खोलामा १६ दशमलव २६ मेगावाटको जलविद्युत आयोजनाको विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक हिमरिभर पावर कम्पनीबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

      कम्पनीका प्रवन्ध सञ्चालक रामकाजी पौडेलका अनुसार स्वदेश पुँजी यस आयोजनाको निर्माण कार्य चाँडै सुरु हुनेछ । वि.सं. २०७७ वैशाखमा उत्पादन सुरु गर्ने लक्ष्य लिइएको यस आयोजना निर्माण गर्न तीन अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । लामोसाँगुस्थित सवस्टेशनमार्फत उत्पादित विजुली राष्ट्रिय प्रसारणमा जोडिने यस आयोजना तोकिएको मिति र लागतमा सम्पन्न गर्न आफूहरु सक्षम हुने पौडेलको दावी छ । 

    कम्पनीमा यसअघि पनि विभिन्न परियोजनाको निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिसकेका प्रवद्र्धक रहेकाले यस आयोजना समयमा सम्पन्न र्न आफूहरु सक्षम हुने उनको विश्वास छ ।

    स्रोत : ने बि प्रा