१९ गतेदेखि युनाइटेड मोदी हाइड्रोपावरको साधारण सेयर बिक्री खुला

    1265

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेको छ ।

    कम्पनीले आउँदो १९ गते १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

    जसअनुसार ३४ हजार ५ सय कित्ता सेयर कर्मचारी र। ८६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँटफाँट हुने छ । न्युनतम ५० देखि बढीमा १५ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    सर्वसाधारणलाई सेयर निष्कासनपछि कम्पनीको चुुक्तापूँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले आज सूचना प्रकाशित गरी लगानीका लागि आह्वान समेत गरेको छ । सेयर निष्कासन छिटोमा फागुन २३ गते र ढिलोमा चैत ३ गते बन्द हुने जानकारी दिएको छ ।

    साधारण सेयर निष्कासनका लागि इक्रा नेपाल लिमिटेडले आइपीओ ग्रेड ३ को प्रमाणपत्र दिएको छ ।

    यो रकम चुक्तापुँजीको १५ प्रतिशत हो । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत सेयर निष्कासन अनुमति पाएको कम्पनीले पुनः सर्वसाधारणका लागि सेयर निष्कासन अनुमाति पाएको हो ।

    युनाइटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ ।

    १० प्रतिशत स्थानिय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धक सेयर हुने छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल क्यापिटल मार्केटस लिमिटेड रहेको छ । सर्वसाधारण र स्थानियबासिन्दालाई गरी कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निश्कासन हुने भएको छ ।

    साढे १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको युनाईटेडले पुनः साढे १० मेगावाट क्षमताको तल्लो मोदी २ आयोजना निर्माणको तयारी गरेको छ । अर्को आयोजना सम्पन्न भएपछि जडित क्षमता साढे २० मेगावाट पुग्ने छ ।

    स्रोत:बाह्रखरी