१९ कम्पनीको एफपीओ र आईपीओ आउँँदै, कसको कति सेयर ?

    1145

    काठमाडौं । पुँजीबजारमा लगानीकर्तालाई विभिन्न कम्पनीमा लगानीको अवसर आउन लागेको छ ।

    विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर (आईपीओ) र थप सेयर निष्कान (एफपीओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंक तथा वित्तीय संस्थाले पुँजी बढाउन एफपीओ निष्कासनका लागि बोर्डसँग स्वीकृति मागेका छन् । यस्तै जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणलाई सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । पछिल्लो समयमा जलविद्युत आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई अनिवार्य सेयर दिनुपर्ने भएपछि यस क्षेत्रको निष्कासन बढेको हो ।

    सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ । आँखुले आयोजना प्रभावित स्थानियबासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासनका लागि निवेदन दिएको छ । आँखुको निवेदनको अध्ययन गरिरहेको बोर्डले जनाएको छ ।

    गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियवासिन्दालाई दिने भएको छ ।

    जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानियबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ ।

    प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको छ । प्रिमियरको एफपीओको मूल्य भने निर्धारण भएको छैन । उसले पुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि पुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको छ । शिखरले १३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओको मूल्य भने तय भएको छैन ।

    शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर निष्कासन् गर्न लागेको छ । पुँजी बढाउन पोखरा फाइनान्स लिमिटेड पनि एफपीओ निष्कासनमा गएको छ । उसले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ निष्कासन गर्न वोर्डमा निवेदन दिएको छ ।

    सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

    यता बुटबल पावर कम्पनी लिमिटेडले पनि ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।

    सान्जेन जलविद्युत कम्पनी लिमिटेडले लगानी वित्तीय संस्थाका कर्मचारीलाई ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन  गर्दैछ ।

    यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारीलाई १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार रुपैयाँको सेयर निष्कास गर्ने भएको छ ।

    बैंक अफ काठमाण्डु लिमिटेडले पुँजी बढाउन संस्थापक एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले ६१ लख ५८ हजार कित्ता एफपीओ निष्कासन गर्न वोर्डमा निवेदन दिएको छ ।

    पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्देछ । नेपाल ग्रामीण विकास बैंकले पनि पुँजी बढाउन एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कास गर्ने भएको छ ।

    एनएमबी बैंकले चुक्तापुँजी बढाउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । उसले चुक्तापूँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो ।

    यस्तै राधी विद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । लङघिङ बुद्धपावर कम्पनी नेपाल लिमिटेडले पनि स्थानियबासिन्दालाई ९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

    युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई सेयर निष्कास गर्न लागेको छ । उसले ५ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर स्थानियबासिन्दालाई निष्कासन गर्न लागेको हो । युनिकले ३ मेगावाटको मिदीमकरापु खोला आयोजना निर्माण गरिरहेको छ ।

    स्रोत: बाह्रखरी