हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

    1699

    काठमाडौं । पाँचथर पावर कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर प्रोजेक्टले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागि १० लाख कित्ता गरी जम्मा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

    सो मात्राको सेयर निष्कासनको लागि कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र पाँचथर पावर कम्पनीका प्रवन्ध सञ्चालक पुष्पज्योती ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन् ।

    हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत २०७३/१०/२२ गतेदेखी नै विद्युत उत्पादन शुरु गरी आफ्नो बिक्री शुरु गरिसकेको छ ।

    Source: Bikash News