हेवाखोलाबाट १५ मेगावाट विद्युत उत्पादन सुरु

    2590

    पुस ८, २०७३- सदरमुकाम फिदिमनजिको हेवाखोला ए जलविद्युत आयोजनाले निर्माण कार्य पूरा गरी विद्युत उत्पादन शुरु गरेको छ । चार वर्षअघि निर्माण थालिएको माथिल्लो हेवाखोलाबाट १५ मेगावाट क्षमताको विद्युत उत्पादन भएको हो ।

    पाँचथरको भारपा र याङनाम गाविसको सिमाना हुँदै बग्ने हेवाखोलाबाट उत्पादित १५ मेगावाट विद्युत परीक्षण प्रशारण सफल भएको उत्पादक पााचथर पावर कम्पनी (पिपिसि)ले जनाएको छ । कम्पनीले हेवाखोला विद्युतगृहदेखि फिदिमस्थित थापाटारसम्म १३ किलोमिटर प्रशारण लाइन विस्तार गरी थापाटारमा निर्मित सवस्टेसन गृहमा विद्युत जडान गरिसकेको पाँचथर पावर कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योती ढुङगानाले बताए । नेपाल विद्युत प्राधिकरणसित विद्युत खरिद सम्झौता (पिपिए) अनुसार १५ मेगावाट क्षमताको माथिल्लो हेवाखोलाबाट विद्युत उत्पादन गरिएको हो ।

    स्रोत:कान्तिपुर