चिलिमेबाट कुलमानलाई हटाउने निर्णय फिर्ता

    2724

    ८ साउन, काठमाण्डौ ।

    kul man ghisingचिलिमे जलबिद्युत कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय नेपाल बिद्युत प्राधिकरणले फिर्ता लिएको छ ।

    चिलिमे अन्र्तगत संचालित आयोजना कर्मचारी र बिद्युत प्राधिकरणका कर्मचारीको तिब्र बिरोधपछि घिसिङलाई हटाउने निर्णय फिर्ता लिन प्राधिकरण बाध्य भएको हो ।

    सोमबार अपरान्ह कर्मचारी युनियनका प्रतिनिधि र प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादववीच भएको वार्तामा कुलमानलाई चिलिमेमै फर्काउने सहमति भएको हो । चिनियाँ ठेकेदार कम्पनीको दबाबमा घिसिङलाई हटाइ उत्पादन निर्माण बिभागका निर्देशक सुनीलकुमार ढुंगेललाई प्रबन्ध निर्देशक बनाइएको थियो ।

    घिसिङलाई हटाउँदा चिमिले अन्तरगतका आयोजना सहज अगाडी बढ्न नसक्ने भन्दै चिलिमे अन्र्तगत संचालित चारवटा परियोजनाका कर्मचारीले पेन डाउन गर्दै आन्दोलनमा उत्रिएका थिए भने आयोजना निर्माणस्थलका जनताले पनि प्राधिकरणको निर्णयको बिरोध गरेका थिए ।

    चिलिमेले हाल रसुवा तल्लो सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र सिन्धुपाल्चोकमा मध्य भोटेकोसी आयोजना निर्माण गरिरहेको छ ।

    Source : Online Khabar