विद्युत आपूर्तिमा आजदेखि थप ४० मेगावट

    2108

    पुस १७, २०७३   विद्युत आपूर्तिमा आजदेखि थप ४० मेगावट थपिएको छ । काठमाडौं र आशपासका जिल्लामा लोडसेडिङ अन्त्य गर्ने अभियान चलाएको सरकारले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसार लाईन हुदै भारतबाट गएरातिदेखि थप ४० मेगावट विद्युत आपूर्ति गरेको हो । राष्ट्रिय ग्रिडमा ४० मेगावट विद्युत थप भएसंगै काठमाडौं, उपत्यका, धुलिखेल  बनेपा क्षेत्रमा लोडसेडिङ मुक्त गर्न सकिने विद्युत प्राधिकरणका एक अधिकारीले जानकारी दिए । ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाईनबाट प्राधिकरणले ८० मेगावट विद्युत आयात गरिरहेको छ । गएरातिदेखि सो प्रशारण लाईनबाट १ सय २० मेगावट विद्युत  आपूर्ति भईरहेको छ । यस्तै आगामी माघ १७ गतेदेखि सोही प्रसारण लाइनबाट थप ४० मेगावाट विद्युत् समेत आयात गरिने भएको छ । पछिल्लो विद्युत् आपूर्तिपछि नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ ।

    स्रोत:कान्तिपुर