विद्युत् आयोजनामा ऊर्जाले निगरानी बढाउने

    1445

    काठमाडौं, २ माघ
    Ministry of Energyविद्युत् प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत् तथा प्रसारण लाइनका आयोजनामा ऊर्जा मन्त्रालयले निगरानी बढाउने भएको छ ।
    ऊर्जासचिव हरिराम कोइरालाले निर्माणाधीन जलविद्युत् र प्रसारण लाइन आयोजनाको प्रगति न्यून रहेको र साना मुद्दा समयमा सम्बोधन नहुँदा निर्माण प्रभावित हुने गरेकाले त्यसलाई सम्बोधन गर्न निगरानी बढाउन लागिएको जानकारी दिए । निर्माणाधीन आयोजनालाई मन्त्रालयले नियमित अनुगमन गरी हरेक महिना प्रगति समीक्षा गरिने जानकारी दिए ।
    ‘अधिकांश आयोजनाको प्रगति ज्यादै न्यून छ, निर्माणका क्रममा आएका ससाना समस्याका कारण पनि काम रोकिएको अवस्था छ, ती समस्या तत्काल सम्बोधन गरी निर्माणलाई तीव्रता दिन मन्त्रालयले निगरानी बढाउन लागेको हो,’ उनले भने ।
    विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया, माथिल्लो त्रिशूली ३ ए, कुलेखानी तेस्रो, राहुघाट तथा प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेको माथिल्लो तामाकोसी र प्रसारण लाइनका थुपै्र आयोजनाको नियमित अनुमगन
    मन्त्रालयले गर्नेछ ।
    रकम अभाव, ठेकेदारसँगको विवाद, विस्फोटक पदार्थ अभाव, स्थानीय अवरोध, जग्गा प्राप्ति लगायतका कारणले आयोजना निर्माण प्रभावित हुँदै आएका छन् । सरकारी तथा प्राधिकरणबाट नियमित अनुगमन नहुँदा निर्माणाधीन आयोजना लथालिंग अवस्थामा छन् भने सोही कारण लागत र समय दुवै बढिरहेको छ ।

    प्रस्तुति: नयाँ पत्रिका