विदेशी लगानीको अरुण तेस्रोमा स्वदेशी लगानी

1403

विदेशी लगानीमा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि दुई स्वदेशी बैंकले लगानी गर्ने भएका छन् । भारतीय सरकारी कम्पनी सतलज निगमले निर्माण गर्न लागेको र सरकारले वैदेशिक लगानी (एफडीआई) का लागि स्वीकृति दिइएको आयोजनाका लागि दुई नेपाली बैंकले समेत लगानी गर्न लागेका हुन् । लगानी बोर्डबाट विदेशी लगानीका लागि स्वीकृति दिएको परियोजनामा दुई स्वदेशी बैंकले लगानी गर्ने सम्झौता गरेपछि यस्ता विदेशी लगानीका आयोजनामा स्वदेशी लगानी गर्न दिइने व्यवस्थाबारे पनि बहस सुरु भएको छ । १ खर्ब १२ करोड कुल लागत रहेको लगानी रहेको आयोजनाका लागि एभरेष्ट बैंकले ८ अर्ब १२ करोड तथा नबिल बैंकले ४ अर्ब ८७ करोड लगानी गर्ने गरी सम्झौता भएको छ । लगानी सम्मेलनको अवसरमा आयोजनाका लागि तथा स्टेल अप्m इन्डियाले ६५ अर्ब ६० करोड करोडका साथै दुई नेपाली बैंकले करिब १३ अर्ब बराबर लगानी गर्ने गरी सम्झौतासमेत भइसकेको छ । सम्झौतालाई लिएर जलविद्युत् क्षेत्रका प्रवद्र्धकबीच विदेशी लगानीका आयोजनामा स्वदेशी बैंकको लगानी गर्न दिने व्यवस्थाले स्वदेशी लगानीका जलविद्युत् आयोजनालाई अप्ठेरो पर्ने टिप्पणी गर्न थालेका छन् । विदेशी लगानीका परियोजनामा स्वदेशी बैंकलाई लगानी गर्ने अवसर दिइएमा यसले स्वदेशी लगानीकर्ताहरू हतोत्साहित हुने र स्वदेशको पुँजी विदेशी लगानीकर्ताका परियोजनामा लगानी हुँदा यसले समस्या सिर्जना हुने तर्क गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं स्वदेशी योजना हुँदाहुँदै पनि विदेशी आयोजनामा नेपाली बैंकलाई लगानी गर्नका लागि सरकारले अनुमति दिनु नियम संगत र विवेक संगत नहुने तर्क गरे । “विदेशी लगानीका आयोजना भन्ने तर स्वदेशी बैंकलाई लगानी गर्न दिने, यो स्वीकृति लगानी बोर्डले कसरी ग¥यो, यो बुभ्mन सकिएको छैन,” उनले भने, “विदेशी लगानी गर्नुपर्छ भनेर लगानी सम्मेलन गर्ने बोर्ड नै विदेशी लगानीका आयोजनालाई स्वदेशी बैंकले ऋण लगानी गर्न दिनु जायज छैन ।”नेपाल विद्युत् प्राधिकरणका अनुसार, प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएका २८२० मेगावाटका १३७ आयोजनाले वित्तीय व्यवस्थापन गर्न बाँकी छ । कतिपय आयोजनाले लामो समय बितिसक्दा पनि लगानीका लागि पुँजी जुटाउन सकेका छैनन् । यी आयोजनाको लागत करिब साढे ५ खर्ब रुपैयाँ छ । तर विदेशी लगानीका आयोजनामा पनि स्वदेशी बैंकले लगानी गर्न थालेपछि स्वदेशी लगानीकर्ता आत्तिएका छन् । लगानी बोर्डका सह–सचिव एवं प्रवक्ता बलराम रिज्याल भने विदेशी लगानीकर्ताहरूले स्वदेशी बैकहरूको पुँजी लगानी गर्न सक्ने नसक्नेबारे स्पष्ट व्यवस्था नभएको तथा यसको स्वीकृतिका लागि बोर्डमा आउनुपर्ने अवस्था नरहेको बताउँछन् । “विदेशी लगानीकर्ताले स्वदेशी बैंकको ऋण परिचालन गर्न पाउने नपाउने स्पष्ट व्यवस्था छैन, लगानी गर्ने भएमा पनि त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था पनि छैन,” उनले भने । सन् २००८ मा खुल्ला प्रतिष्पर्धामार्फत अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) लिएको सो आयोजना सम्पन्न भए पनि नेपालले नि:शुल्क २१.९ प्रतिशत बिजुली पाउनेछ । विदेशी लगानी हुन लागेका आयोजनामध्ये नेपालले राम्रो फाइदा लिन सक्ने सो आयोजनासँग सरकारले सन् २०१४ मा सतलज कम्पनीसँग आयोजना विकास सम्झौता (पीडीए) पनि गरेको थियो । हाल निर्माण सुरु भइसकेको आयोजनाले प्रसारण लाइनको लाइसेन्स लिन ढिलाइ भएपछि भारतीय सरकारले लगानीका लागि स्वीकृति दिए पनि हालसम्म वित्तीय व्यवस्थापन हुन सकेको छैन । लगानी बोर्डले सन् २०१९ को जुन ३० सम्मका लागि वित्तीय व्यवस्थापन गर्ने समय थपेको छ । सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत एसके शर्मा निर्धारित समयअघि नै वित्तीय व्यवस्थापन भइसक्ने बताउँछन् । स्वदेशी बैंकको लगानीले आयोजना अघि बढाउन थप सहयोग पुग्ने र लगानी गराउँदा खराब नहुने भएकाले लगानी गराइएको बताए । “स्वदेशी बैंकहरू इच्छुक रहेको र लगानी गराउँदा आयोजनालाई सहयोग पुग्ने देखिएकोले यसलाई स्वीकार गरिएको हो,” उनले भने ।

स्रोत : कारोबार