एसएन पावरको सेयर स्वामित्व परिवर्तन

    2222
    • नेपालमा जलविद्युत् लगानी नर्वेको स्ट्याटक्राफ्टले हेर्ने
    • स्वामित्व हस्तान्तरण बाँकी

    काठमाडौं, १० असोज-

    SN Powerनर्वेको एसएन पावरले नेपालमा गर्दै आएको जलविद्युत् लगानीसम्बन्धी सबै कारोबार अब नर्वेकै स्ट्याटक्राफ्ट इन्टरनेसनल हाइड्रोले हेर्ने भएको छ।  कम्पनीको लगानी संरचना परिवर्तन गरी नेपालको लगायत भारतको सम्पूर्ण कारोबार स्ट्याटक्राफ्ट इन्टरनेसनल हाइड्रोले गर्नेछ । २ महिनाअघि स्ट्याटक्राफ्ट, नरफन्ड र दक्षिण अमेरिका हेर्ने अगुवा इमाराबीच सेयर संरचना परिवर्तन गर्ने विषयमा सहमति भइसकेको छ । अब सोको कार्यान्वयन हुन बाँकी छ ।

    परिवर्तित लगानी संरचनाअनुसार एसएन पावरमा स्ट्याटक्राफ्टमा ६० प्रतिशत र नरफन्डको ४० प्रतिशत लगानी रहनेछ । यसअघि स्ट्याटक्राफ्ट र नरफन्डको आधा–आधा सेयर लगानी थियो । अन्तर्राष्ट्रिय अगुवा कम्पनी बन्नका लागि सेयर संरचनामा परिवर्तन गरेको एसएनले आफनो वेबसाइटमार्फत जारी प्रेस विज्ञप्तिमा जानकारी गराएको छ । एसएन पावरको दक्षिण एसिया, दक्षिण अमेरिकामा स्ट्याटक्राफ्टले ६७ प्रतिशत र नरफन्डको ३३ प्रतिशत लगानी रहनेछ । एसएन पावरको बाँकी स्वामित्व बिक्री गर्न आगामी २०१७ सम्मको समय सीमा निर्धारण गरिएको छ । “यो सम्झौतापछि नरफन्ड अझै मजबुत हुन गई स्ट्याटक्राफ्ट समूहबाट लाभ लिन सक्नेछ,” स्ट्याक्राफ्टका प्रमुख कार्यकारी अधिकृत क्रिश्चिना ¥यानिङले भने । कम्पनीकोे खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) को प्रवद्र्धक हिमाल पावर लिमिटेडमा ५१ प्रतिशत लगानी छ । यो स्वामित्व अब स्ट्याटक्राफ्टमा हस्तान्तरण हुनेछ । यस्तै तामाकोसी तेस्रो (६ सय ५० मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको स्वामित्व पनि स्ट्याटक्राफ्टमा जानेछ । तामाकोसी आयोजना अघि बढाउने विषयमा लगानी बोर्ड र एसएन पावरबीच आयोजना विकास समझौता (पीडीए) का लागि वार्ता जारी छ ।
    सन् २००२ मा स्थापनमा भएको एसएन पावरको ९ मुलुकमा ३९ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । कम्पनीले स्ट्याटक्राफ्टसितको संयुक्त लगानीमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा विभिन्न आयोजनामा लगानी गरेको छ । एसएनले जलविद्यत् उत्पादन बढाएर ३ हजार मेगावाट पु¥याउँदैछ । कम्पनीको कुल पुँजी २ अर्ब ६० करोड डलर छ । अहिले कम्पनीको उपस्थिति १४ मुलुकमा पुगेको छ । हालसम्म १ हजार ३ सय १३ मेगावाट विद्युत् उत्पादन सो कम्पनीले गत वर्षमात्र १० करोड ७ लाख अमेरिकी डलर खुद नाफा गरेको छ ।
    यस्तै स्ट्याटक्राफ्ट युरोपमा नवीकरणीय ऊर्जा उत्पादन गर्ने अग्रणी कम्पनी हो । कम्पनीले जलविद्युत् आयोजना विकासमा लगानी गर्दै आएको छ । यस्तै नरफन्डले १ सय ७ मुलुकमा १ अर्ब ३ करोड डलर लगानी गरेको छ ।

    प्रस्तुति: कारोबर