ट्रान्सफर्मरमा समस्या आउँदा बालाजू क्षेत्रमा विद्युत आपूर्तिमा समस्या

    1351
    काठमाडौं । बालाजू सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा अनियमित बनेको छ ।
    सबस्टेसनमा रहेका २वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट प्राविधिक समस्या आएको हो । यसबाट बालाजू क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ । धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज(१, महाराजगञ्ज(२, टेकु(१, बिआई डि(१, बिआई डि(२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् । प्राधिकरणका बालाजू वितरण केन्द्र प्रमुख सुरज रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति भइरहेको बताए । उनले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली तत्काल खटिई मर्मत गरिरहेको जानकारी दिए । यथासक्य चाँडो मर्मत गरी विद्युत सेवा सुचारु गर्ने प्रति नेपाल विद्युत प्राधिकरण प्रतिबद्ध रहेको र सोहीअनुसार काम भइरहेको रेग्मीले बताए ।