लोडसेडिङ दैनिक २ घण्टा घट्ने

    2834

    Loadsheddingकाठमाडौं, २३ फागुन – दक्षिण एसियामा बढ्दो ऊर्जा संकट समधानका लागि ऊर्जा सञ्जालमा जोड दिँदै यसका लागि ग्रिड पूर्वाधार विकास आवश्यक भएको सरोकारवालाहरूले बताइएका छन् ।
    बुधबारदेखि राजधानीमा सुरु दुईदिने छैटांै जापान–सार्क ऊर्जा सम्मेलनमा ऊर्जाविज्ञहरूले यसका लागि एकीकृत सार्क ऊर्जा सञ्जाल हुनुपर्ने बताएका छन् । सार्क क्षेत्रमा बढ्दो ऊर्जा संकट समधान गर्न एकीकृत सञ्जालमार्फत नेपाल र भुटानले जलस्रोत, भारतले कोइला र बंगलादेशले प्राकृतिक ग्यासबाट सस्तो र भरपर्दो ऊर्जा उत्पादन गरी क्षेत्रीय सञ्जालन गरे मात्र यस क्षेत्रमा ऊर्जा समस्या समधान हुने उनीहरूको निष्कर्ष छ । साथै यसका लागि तत्काल संयुक्त प्रयास थालिनुपर्ने विज्ञहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।
    सम्मेलनको उद्घाटन गर्दै मुख्यसचिव तथा नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष लीलामणि पौडेलले सार्कको आर्थिक विकास ऊर्जामा निर्भर रहेको बताउँदै विकासलाई गति दिन यस क्षेत्रमा उपलब्ध बहुमूल्य स्रोतको उपयोग गर्नुपर्नेमा जोड दिए । “अब नेपाल र भुटानले जलविद्युत्मा भारत र बंगलादेशले क्रमशः कोइला र ग्यासजस्ता स्रोतको परिचालनमा जोड दिनुपर्छ,” उनको भने । ऊर्जा महँगो हुँदै गएकाले थप चुनौती थपिएको जानकारी दिँदै उनले सस्तो दरमा भरपर्दो र गुणस्तरीय ऊर्जा उपभोक्तालाई दिने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए ।
    पर्याप्त स्रोत भएर पनि उपयोग गर्न नसकेको उल्लेख गर्दे पौडेलले भने, “अब यसलाई तत्काल उपयोग गर्ने बेला आएको छ, हामीले यसमा ढिलाइ गर्नुहुँदैन ।” उनले दक्षिण एसियामा प्रतिव्यक्ति ऊर्जा खपत कम रहेको समेत बताए ।
    ऊर्जा सचिव हरिराम कोइरालाले सार्क मुलुक मिलेर ऊर्जा संकट समधान गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय सरकारले लगानीकर्तासँग विद्युत् खरिद समझौता (पीपीए) गरिरहेको उनले जानकारी दिए ।
    पछिल्ला समयमा नेपाल विद्युत् प्राधिकरणले लगानीकर्तासँग विद्युत् खरिद समझौतामा जोड दिइरहेको कार्यकारी निर्देशक रामेश्वर यादवले बताए । उनले हालसम्म १ सय ३२ लगानीकर्तासँग झन्डै १ हजार ८ सय मेगावाट विद्युत् खरिद समझौता गरिसकेको जानकारी दिए । देशको कुल विद्युत् आपूर्तिमा निजी क्षेत्रको स्वामित्व बढेर २९ प्रतिशत पुगेको उनले बताए । देशमा ऊर्जा आपूर्तिमा असन्तुलन आएपछि प्राधिकरणले नदीको बहावमा आधारित र जलाशययुक्त ठूला विद्युत् आयोजना निर्माणमा जोड दिएको उनले सो अवसरमा जानकारी दिए ।
    नेपालका लागि जापानी राजदूत कुनियो ताकाहसीले जापानले ऊर्जा विकासमा सहयोग गरिरहेको जानकारी दिँदै सार्क मुलुकले यो समस्या समाधान गर्न प्रयत्न गर्नुपर्ने बताए ।
    नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेनेभरनाथन, भारत र बंगलादेशका चार्ज डे अफियर्स जयदीप मजुम्दार र फरदुल इस्लामले ऊर्जाको उत्पादनमा जोड दिएका थिए ।
    सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनले ऊर्जाको व्यावसायिक सम्भावना र ऊर्जा ग्रिड संरचना विकासका साथै ऊर्जा क्षेत्रमा सम्भावित सहयोग आदनप्रदानमा जोड दिनेछ । ऊर्जा सञ्जाल विकासमा आइपर्ने प्राविधिक, आर्थिक, नीतिगत, कानुनी र भौतिक संरचना विकासमा भएका कठिनाइबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गरिरहेका छन् । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानका साथै जापानको सहभागिता छ ।

    प्रस्तुति: कारोबार