लिवर्टी इनर्जी कम्पनीको अध्यक्षमा कुशकुमार जोशी चयन, बडीगाढ जलविद्युत आयोजना अघि बढाउने

    2243

    काठमाडौं। लिवर्टी इनर्जी कम्पनीको अध्यक्षमा कुशकुमार जोशी चयन भएका छन्।कम्पनीको सातौ साधारणसभाले उनलार्इ अध्यक्षमा चयन गरेको हो। चार वर्षे कार्यकालका लागि चयन भएका उनले जलविद्युत निर्माणलार्इ तीब्रता दिएर उर्जा संकट कम गर्ने प्रयासमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

    कम्पनीको संचालकमा जोशी,डा‍‍ आत्मराम घिमिरे,सुशील थापा,रामबहादुर पाण्डे र राजेन्द्र वस्ती चयन भएका छन्। कम्पनीको प्रवन्ध संचालकमा घिमिरे नियुक्त भएका छन्।कम्पनीले दुर्इवटा जलविद्युत आयोजना निर्माण अघि बढाइरहेको छ।

    लमजुङमा माथिल्लो दोर्दी ए निर्माण गरिरहेको छ। २५ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको निर्माण ३० प्रतिशत सकिएको छ। कम्पनीले वाग्लुङ र गुल्मी जिल्लामा रहेको बडीगाढ खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ।

    Source:bizmandu